अनोज रोक्का
12899774_1301225713226004_1773892989_nधरान स्थित बि.पी विज्ञान स्वास्थ्य प्रतिष्ठान (घोपा क्याप)  को शुन्दर लोकेशनमा ‘म रुँदा मेरा आँशु पुछी’ भन्ने गितको म्युजिक भिडियो छायाङ्कन सम्पन्न भएको छ ।

भूपाल वान्तवा राईको निर्देशनमा निर्मीत भिडियोमा सोहित राई र सिना राईको आवाज सुन्न सकिन्छ । रचना, संगित सुजन तामाङ् रहेको उक्त भिडियो सुमन अधिकारीले खिचेका हुन् ।

हेमन योञ्जनले सम्पादन गरिरहेको भिडियो युट्युव च्यानल भिडियो कोशीबाट सार्वजनिक गर्ने तयारी गरिएको छ ।

युवा पुस्ताबीचको प्रेम र आवेगलाई कथानकरुपमा देखाईएको भिडियोमा सविन खवास र निशा राईले मोडलिङ् गरेका छन् । अन्य भिडियो जस्तै दर्शकहरुको माया र सकारात्मक प्रतिक्रिया पाउँनेमा निर्देशक राई ढुक्क छन् ।