क्यान्टोनीज

अनोज रोक्का
६ अप्रिल २०१६, हङकङ एकिकृत नेपाली समाज लिमिटेड (हिन्स) ले हङकङमा रहेका अल्पसंख्यक बिधार्थीहरू बिच स्थानिय चाईनिज भाषा प्रतियोगिता सम्पन्न गरेको छ ।
हिन्सको याउमातेई स्थित आफ्नै कार्यालय भवनमा सम्पन्न उक्त प्रतियोगितामा हङकङमा रहेका अल्पसंख्यक बिद्यालयमा अध्ययन गर्ने बिधार्थीहरूले प्राईमेरी तथा सेकेण्डरी लेवल गरि दुई खण्डमा क्यान्टोनिज भाषामा आफ्नो दख्खल प्रदर्शन गरेका थिए । प्रतियोगितामा सहभागी बिधार्थीहरू मध्ये प्राईमेरी तर्फ सोमा गुरुङ, रायन गुरुङ र एलिजा क्रमश प्रथम, दोश्रो र तेश्रो भएका थिए भने कौशम मल्ल र मनिष थापाले सान्त्वना पुरस्कार प्राप्त गरे ।त्यस्तै सेकेण्डरी तर्फ हाजारी बिबी, ताहरिन फातिमा, निश्चल थापा क्रमश प्रथम, दोश्रो, तेश्रो भए भने प्रिन्स पुन र जुल्फकर करिब बिबीले सान्त्वना पुरस्कार हात पारे ।प्राईमेरी लेवलका बिधार्थीहरूलाई ‘मेरो शौक’, ‘मेरो प्रिय चाड’ र सेकेण्डरी लेवलका बिधार्थीहरूलाई  ‘मेरो भविष्यका योजना’, ‘अन्तरवार्ता क्रममा आत्म परिचय’ बिषयमा ५÷५ मिनेट बोल्ने समय निर्धारण गरिएको थियो ।

कार्यक्रममा डा. सिन्डी चोङ, ई, डेरेक तथा शिक्षक लुई ले निर्णायकको भूमिका निर्वाह गरेका थिए । उत्कृष्ट निर्णायकको भूमिका गरेको भन्दै हिन्सका अध्यक्ष बिनय शाहले निर्णायकहरुलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरेका थिए, भने बिजयी बिद्यार्थीहरुलाई हिन्सका डाईरेक्टर दुर्गा गुरुङ, हङकङ ठकुरीसमाजका अध्यक्ष ईश्वर बिक्रम शाह, एशियन बडिबिल्डर मेडल प्राप्त खेलाडी किशोर पुन तथा शिक्षक नबिन ठकुरीले प्रमाणपत्र, मेडल तथा नगद राशी प्रदान गरेका थिए ।

हङकङ सरकारको गृह मामिला बिभाग अन्र्तगत ‘नेपाली समुदाय सहयोग टिम’ द्धारा सञ्चालित कार्यक्रम, परियोजना टिम लिडर कृष्णराज लावतीले सञ्चालन गरेका थिए ।
                                                                                                                                                                                                   हङकङ