६ बैशाख, काठमाण्डौ, मधेसमा जो ५६ जना सहिद हुनुभयो, त्यो मधेसी मात्र होइन, लिम्बुवान पनि त्यहाँ सहिद भयो । जो थरुहटमा सहिद हुनुभयो, त्यो थरुहट मात्र होइन त्यहाँ लिम्बुवानलाई पनि गोली लागेको छ ।

अहिलेसम्म पनि २१ जना थारु नेताहरुलाई थुनिरहेको छ त्यो थारु मात्र होइन लिम्बुवानका नेताहरुलाई पनि त्यहाँ थुनिरहेको छ । यै हो हाम्रो संघीय उचाइ ।

यो देश संयुक्त आन्दोलनको पूर्वसन्ध्यामा छौं । लिम्बुवान र मधेस जब एउटा सहमितमा पुग्यौं- लिम्बुवान र मधेसको सिमानाको मिलाउन भनेर त्यसले सिङ्गो देशलाई राष्ट्रिय मुक्ति आन्दोलनको दिशामा अगाडि बढायो । लिम्बुवानले यति भए पनि भूमिका खेल्न सक्यो भन्नेमा हामी गर्वबोध गरिरहेका छौं ।

सिंहदरबारमा बस्ने दरबारियाहरुले, एकात्मकवादीहरुले, अझ भन्ने हो भने उपनिवेशवादीहरुले, नश्लवादीहरुले हामी एक्लाएक्लै भएकोले हामीलाई दबाउँदै आएका हुन् । हामी एक भएर जाऊँ एउटा मात्र होइन यस्ता दश वटा सिंहदरबार भत्काउने तागत तपाईं-हामीसँग छ 
हामी कमजोर होइन एकदमै शक्तिशाली छौं । २४० वर्षसम्म थिच्दा पनि हामी सकिएका छैनौं । तर हामी मिल्दा नसक्दा हामीलाई सिंहदरबारले पेल्दै आएको हो ।सिंहदरबारमा बस्ने दरबारियाहरुले, एकात्मकवादीहरुले, अझ भन्ने हो भने उपनिवेशवादीहरुले, नश्लवादीहरुले हामी एक्लाएक्लै भएकोले हामीलाई दबाउँदै आएका हुन् । हामी एक भएर जाऊँ एउटा मात्र होइन यस्ता दश वटा सिंहदरबार भत्काउने तागत तपाईं-हामीसँग छ ।

सम्पूर्ण सीडीओ एउटा जातिले पाएको छ, सम्पूर्ण जर्नेल-कर्नेल एउटा जातिले पाएको छ, सम्पूर्ण कमर्चारी र हाकिमहरु एउटा जातिले पाएको छ, सम्पूर्ण मिडिया एउटा जातिले कब्जा गरेको छ; होला उनीहरुलाई चाहिँ आन्दोलनको जरुरी छैन तर हामीलाई जरुरी छ ।

अमेरिकाको लाखौं-करोडौं डलरले किन्न नसक्ने, संसारका सम्पूर्ण सुन-चाँदीले किन्न नसक्ने कुरा के हो ? त्यो पहिचान हो, मातृभाषा हो । यसमा सजग हौं साथीहरु । संसारले किन्न नसक्ने चिज सिंहदरबारले खोसिरहेको छ ।

इलामको लेपचार भाषाको फिक्कल नाम नगरपालिका बनाउने नाममा सरकारले सूर्योदय बनाइदियो । लिम्बुवानको फुङलिनलाई ताप्लेजुङ राखेको छ । रैथाने नाम मासिएको छ । यसरी हामीलाई ग्रान्डडिजाइन गरेर सिध्याउन खोजिँदै छ ।

संघीयताको आन्दोलन लिम्बुवानले गरयो, थरुहटले गरयो, मधेसले गरयो, ताम्सालिङले गरयो र यहाँसम्म आइपुगेको हो । आज संघीयता कार्यन्वयन गर्दा हामीलाई बाहिर राखेर सम्भव हुन्छ ?

लिम्बुवानलाई नौ जिल्लाबाट १४ जिल्लामा लगेर मिसाइएको छ । नौ नम्बरको जुत्ता लगाइरहेको लिम्बुवानलाई चौध नम्बरको जुत्ता लगा भन्न मिल्छ ? यो भनेको के हो ? जुत्ता फुकाल्न लगाउनु जस्तै हो अथवा जुत्ता अड्किएर लडेर मरोस् भन्नु जस्तै हो ।

लिम्बुवानलाई नौ जिल्लाबाट १४ जिल्लामा लगेर मिसाइएको छ । नौ नम्बरको जुत्ता लगाइरहेको लिम्बुवानलाई चौध नम्बरको जुत्ता लगा भन्न मिल्छ ? यो भनेको के हो ? जुत्ता फुकाल्न लगाउनु जस्तै हो अथवा जुत्ता अड्किएर लडेर मरोस् भन्नु जस्तै हो ।
लिम्बुवान आएपछि अन्तर्राष्ट्रिय मान्यताहरु लागु गरेर मधेससँग हामी सिमानाको कुरा मिलाउन सक्छौं । त्यो क्षमता, त्यो इच्छाशक्ति हामीसँग छ ।

म सबै नेताहरुलाई आग्रह गर्न चाहन्छु- राष्ट्रिय स्तरको आन्दोलनको खाका कोरौं । यस्तो कोरौं कि एकैदिन वीरगंजमा, ताप्लेजुङमा, डोटीमा एकैदिन रातो झन्डा गाड्ने, एकैदिन सिडीयो कार्यालय घेराउ गर्ने एउटा अभियना सुरु हुन सकोस् । यदि त्यो राष्ट्रिय आन्दोलन सयौं मरेर भए पनि लिम्बुवानको आन्दोलनलाई सफल बनाउन सक्छौं । यसका लागि लिम्बुवानमा कति मान्छे उतार्नुपर्छ तोक्नोस् लिम्बुवान संघर्ष समिति तयार छ ।

मित्रराष्ट्रहरुलाई मेरो आग्रह- दुई चार जना भ्रष्ट, दलाल नेताहरुलाई काखी च्याप्न चाहनुहुन्छ कि तीन करोड जनतालाई ? पक्कै पनि तीन करोड जनतासँग नै सम्बन्ध राख्न चाहनुहुन्छ ।

म कांग्रेस, एमाले, एमाओवादीका नेताहरु भनरहनुभएको छ- हामीसँग बहुमत छ, हामी संविधान संशोधन गर्छौं, तिमीहरु के गर्छौ ? म उनीहरुलाई भन्न चाहन्छु- हामीले स्कल पढ्दा अंकगणित, वीजगणित र ज्यामिति पढ्थ्यौं । अंकगणितमा अंक मात्रै हुन्थ्यो, ज्यामितिमा चाहिँ बस्ने, ओढ्ने जस्ता सबैकुरा हुन्थ्यो ।

कांग्रेस, एमाले, एमाओवादीका साथीहरुलाई चुनौती दिन चाहन्छ- अब हुने राष्ट्रिय आन्दोलनलाई नजरअन्दाज गर्दै तपाईं अंकगणितको अंक प्रयोग गर्दै बस्नुहुन्छ भने हामी ज्यामिति भएर निस्कनेछौं । हामी वीजगणित भएर निस्कनेछौं ।

संघीय गठबन्धनद्वारा काठमाडौंमा आयोजित अन्तरक्रिया (वैशाख ६, २०७२) मा व्यक्त विचारको सम्पादित अंश ।