najar

गायिका पूजा सुनुवारको पहिलो एकल एल्बम “नजर” को आज बिमोचन भएको छ । डि. पि.   खनालको एकल शब्द रचना तथा शंकर थापा “स्माइल” को एकल संगीत रहेको उक्त एल्बममा क्रमस आसिश अबिरल र उदयराज पौडेलले संगीत सम्योजन गरेका छन । संगीतकर्मी प्रकाश गुरुङ को प्रमुख आतिथ्यमा बिमोचन गरिएको एल्बमको समिक्षा भने संगीत सम्योजक कृष्ण कडेलले गर्नुभएको थियो । यस एल्बममा ४ वटा गीतहरु समाबेश गरिएको छ । माय, प्रेम , मिलन – बिछोड र राष्ट्रिय समेटिएको उक्त एल्बम मा रहेको नसम्झी बसु बोलको गीतको म्युजिक भिडियो समेत बिमोचन समारोहमा सार्वजनिक गरिएको छ । उक्त म्युजिक भिडियोलाई देबजँग थापाले निर्देशन गर्नुभएको छ भने तेकेन्द्र शाहले सम्पादन गर्नुभएको छ । ज्ञानेन्द्र शर्माले छायाङ्कन गर्नुभएको उक्त भिडियोमा नायिका वर्शा राउत र रोबीन बिष्टले अभिनय गर्नुभएको छ । यो एल्बमलाई डश म्युजिक प्रा. लि. ले बजारमा ल्याएको हो ।