१मे २०१६, हङकङः एशियन माईग्रेन कोर्डिनरी, इन्टरनेशनल माईग्रेन एलाएन्स ए युनाईटेड नेशनल हङकङको सयुक्त आयोजनामा मजदूर दिवस हङ्कङ्मा भव्यताका साथ मनाईयो ।

नेपाली लोक पञ्चेबाजा सहितको सो र्यालीमा विभिन्न झाँकी, सोलीडारी गीत गाउँदै मजदूरहरू एकताबद्ध भै शान्तिपूर्ण र्यालीमा सहभागि भएका थिए ।

र्याली कजवे वानचाई हुँदै एडमेरिटी स्थित हङकङ गभर्मेन्ट कार्यालय भवन पुगी आमसभामा परिणत भएका थियो । कार्यक्रमको अन्तमा श्रमिकहरूले आफ्नोआफ्नो क्षेत्रबाट हक र अधिकारसम्बन्धि माग पत्र सम्बन्धित निकायलाई बुझाएका थिए ।

‘हामी कामदार हौँ दास होइनौँ
श्रमिक दिवसको अवसरमा एशियन माईग्रेन वर्कस एफ् डि डब्ल्यूको यस बर्षको आफ्नो माग पत्रमा न्युनतम ज्याला हङकङ डलर पाँच हजार रहनुपर्ने माग गरेको छ । माग सम्बन्धि सम्पूर्ण विवरण खुलाई पत्र बुझाइएकाे बताइएको छ ।

दैनिक कामको समय पनि सम्झौता पत्रमा तोकिदिन माग गरिएको छ । सम्झौता पत्रमा निर्धारित समय नतोकिएको र रोजगार दाताले नै तोकिएको ठाउँमा बस्नु परेकोले दैनिक जसो १६ घण्टा काम गर्नु पर्ने बाध्यता रहिआएको छ । मागपत्र बुझाउँदै एफडीडब्ल्यूले ‘हामीहरू कामदार हौँ दास होइनौ, हामीलाई कामदार जस्तो व्यबहार गर’ भन्ने नारा सहित सम्बन्धित अफिसरलाई हस्तान्तरण गरिएको थियो ।

माइग्रेन वर्कस अन्तर्गत ओभरसिज नेपाली वर्कस एशोसीयसन लगायत फिलीपिन्स, ईण्डोनेशिया, थाईल्याण्डका युनियन लगायतका एशोसीयसनहरूले प्रतिनिधित्व गर्दै छुट्टा छुट्टै माग समेत प्रस्तुत गरेका थिए । ओएनडब्ल्यूएकी पूर्णिमा शाहले जानकारी अनुसार नेपालको सन्दर्भमा सन् २००५ देखि खारेज गरेको रोजगार भिषा पुन खोलिनु पर्ने माग राखिएको छ ! image image image