imageअनोज रोक्का
‘इमर्ज’ एल्बममा समावेश “चारधाम घुमि आयौ खै के बर माग्यौ” गितको भिडियो सार्वजनिक गरिएको छ । रेवत राईको स्वर, बिरेन्द्र राईको रचना, राजन ईशानको एरेन्जमा तयार पारिएको गितलाई चर्चित संगितकार शुरेश अधिकारीले संगित दिएका छन् ।

युट्युव च्यानल आर स्क्वायर मार्फत सार्वजनिक गरिएको भिडियोले छोटो समयमा दर्शक, श्रोेताको मन जितिरहेको छ । नहकुल खड्काको सम्पादन र मनकृष्ण महर्जनको छायाङ्कनमा तयार पारिएको भिडियोलाई मिडियाकर्मी, कलाकार तथा चलचित्र निर्देशक दिनेश डिसीले निर्देशन गरेका छन् ।

स्थानिय मञ्च हुँदै खारिएको स्वरलाई रेवत राईले पहिलो एकल एल्बम मार्फत बजारमा ल्याएका हुन् । गित अनुसार नै भिडियो बनेकाले दर्शक, श्रोताको मन जित्नेमा ढुक्क छन् गायक रेवत  भन्छन्– ‘मैले साङ्गितीक क्षेत्रमा अहिले सम्म गरेको सङ्घर्ष र पाएको ज्ञानलाई पहिलो एल्बममा खर्चिएको छु ।’ धार्मिक प्रवृतिको युवतीलाई मायालु नजरले हेर्ने युवाको भावनामा आधारित गितमा चलचित्र नायीका निता ढुङ्गानालाई मोडलद्धय अनुप राई र माधवले साथ दिएका छन् । image image