imageमोरङ, पाचौ मदन भण्डारी स्मृति अन्तराष्ट्रीय आमन्त्रित गोल्डकपको दोस्रो दिन बि आर सी भुटान र पुलिस क्लव काठमाणडौ विचको खेलमा बि आर सी भुटानले सेमि फाईनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। त्यसैगरि आयोजक टिम मदन भण्डारी स्पोटर्स क्लवले राष्टिय जागृतिक्लव ईटहरीलाई ३-१ ले पराजित गरि आफ्नो स्थान सेमि फाईनलमा सुरक्षित गरेकोछ।

ओलावाले अफिजको गोलले भुटानको जीत सुनिश्चित गरेको थियो। सेमिफाइनलको यात्रा तय गर्ने क्रममा नेपाल पुलिस क्लब काठमाडौंलाई पहिलो चरणबाटै घर फर्कायो ।
विआरसी भुटानका ओलावाले अफिजले खेलको २९औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुगेको थियो। जर्सी नं ५ भुटानका स्ट्राइकर माउसा वाउलोको पासलाई सदुपयोग गर्दै अफिजले गोल गरेका थिए ।image

भुटानको तुलनामा पुलिसले पोष्ट आक्रमण बढी गरेपनि भुटानका गोल किपर दिनेश थापाले उत्कृष्ट बचाउ गरेका थिए । भुटानबाट डिफेन्डर अफ्रिकन खेलाडी सिस्को अदाम्बावोकले पनि उत्कृष्ट खेल प्रस्तुत गरेका थिए । सिनियर खेलाडी बिना पुलिस मैदानमा उत्रेको थियो ।प्रतियोगिताको म्यान अफ द म्याच पुलिसक्लवका रवि पासवानलाई घोषित गरिएकोछ।image

 

एपीएफ काठमाडौं र चर्च ब्वाइज युनाइटेड काठमाडौंबीचको खेलमा भने एपीएफ बिजयी हुँदै सेमिफाइनलमा पुगेको छ । एपीएफको जीतको लागि सन्तोष श्रेष्ठ, हरी कार्की र प्रविन सान्वोले एक–एक गोल गरे । एपीएफका खेलाडी आदित्य चौधरीले डिबक्सभित्र गरेको फलमा रेफ्री सर्वण लामाले पेनाल्टी दिए । सोही पेनाल्टीलाई सदप्रयोग गर्दै चर्चका लागि अजय मोर्टिन्सले पेनाल्टीमार्फत एक गोल गरे । खेलको म्यान अफ द म्याच एपीएफका सन्तोष श्रेष्ठले नगर ५ हजार पाए । image

उता मदन भण्डारी स्पोटर्स क्लवका कर्ण लिम्बु २ र सन्तोष न्यौपानेले  १ गोल गरेकाथिए । खेलको सुरुवातमा बुद्द चेम्जोङ्को पासलाई सदुपयोग गर्दै कर्णले पहिलो गोल गरेका थिए। ५७ औ मिनेटमा कर्णको पासलाई कप्तान संतोषले गोलमा परिवर्तन गरेर दोब्बर वनाएपछि खेल अझ शसक्त भएको थियो। फेरि जागृति क्लवले ७७औ मिनेटमा राम्रो गोल गर्ने मौका चुकाएपछि खेल निकै रौनक थपिएको थियो ।  खेल अझ रोमान्चक र सशक्त हुदै गएको छ। अबको खेल त्रिभुवन आर्मी र कचनजंगा भारत बीच हुने आयोजकका सञ्जिब बुढाथोकीले बताएका छन।

image