imageअनोज रोक्का
हङ्कङमा आकर्षकको केन्द्र बने पल र अनुभव

“नाई नभन्नु ल ४” हङ्कङमा हाउसफुलको साथ प्रर्दशन सम्पन्न भएको छ । प्रर्दशनका क्रममा चलचित्रका नव नायक पल शाह र बालकलाकार अनुभव रेग्मीको स्टारडम गजबको देखिएको थियो ।

हङ्कङ यामाताई स्थित कम्युनिटी हलमा आयोजना गरिएको अनौपचारिक कार्यक्रमसँगै फिल्म प्रर्दशनमा पल र अनुभवसँग फोटो खिच्ने र भेट्नेको भिड नै लागेको थियो । म्युजिक भिडियो मोडलिङ् बाटै प्रशस्त प्रशंसक कमाएका पल र बाल कलाकारितामा उत्कृष्ट अभिनय क्षमता भएका अनुभवको हङ्कङ यात्रा पहिलो भए पनि नेपालीको माया र सद्भावले सदियौ देखिको लागेको बताए ।

फिल्मको प्रर्दशनकै लागि पल र अनुभव सहित सहायक निर्देशक मुस्कान ढकाल र कलाकार तथा बालकलाकार अनुभव रेग्मीको आमा कविता रेग्मी गत साता हङ्कङ आएका थिए । ईश्वर बिक्रम शाहको संयोजकत्वमा प्रर्दशन गरिएको फिल्मले हङ्कङेली दर्शकहरुको मन जितेको छ, उत्साहित हुँदै संयोजक शाह भन्छन् –“यसले हामी नेपाली जहाँ भए पनि हाम्रो भाषा, संस्कृतिप्रति सदा समर्पित छौ भन्ने देखाएको छ ।”image