13221005_1212194422137482_1006463453780590500_nकाठमाडौं १ जेठ । मधेशी मोर्चासहितको संघीय गठबन्धनले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ । गठबन्धनले दिउँसो ३ बजे काठमाडौंको रत्नपार्क शान्तिवाटिकामा प्रदर्शन गर्न लागेको हो । प्रदर्शनमा सहभागी हुन जिल्ला–जिल्लाबाट गठबन्धनका नेता तथा कार्यकर्ताहरू राजधानी आएका छन् ।

यसअघि, शुक्रवार गठबन्धनले पत्रकार सम्मेलन गरी २६ बुँदे माग पूरा भए मात्र वार्ताको वातावरण बन्ने स्पष्ट पारेको थियो । पत्रकार सम्मेलनमा गठबन्धनका संयोजक उपेन्द्र यादवले आन्दोलनमा सरकारले बल प्रयोग गरे आफूहरूले जनताको सहारा लिएर प्रतिवाद गर्ने चेतावनी पनि दिनुभएको थियो ।

काठमाडौंकेन्द्रित आन्दोलनबाट सरकार आवश्यकभन्दा बढी आतंकित भएको गठबन्धनको ठहर छ ।

आन्दोलनका कार्यक्रमअन्तर्गत गठबन्धनले आइतवार सिंहदरबार घेराउ गर्दैछ ।

13221446_1212329175457340_1087012330978665154_n