Feb.06.201virat-kohli-shares-a-picture-of-his-fanboy-moment-with-rahul-dravid-55f59cbc8d1386

इस्लामावाद– भारतीय क्रिकेटर विराट कोलहीको प्रशंसक भएकै कारण पाकिस्तानको पंजाब प्रान्तको ओकाडा सहरमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

कोहलीका प्रशंसक पाकिस्तानी उम्र दराजले आफ्नो घरको छतमा भारतीय झण्डा तिरंगा फहराएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। ओकाडाका सदर थाना सर्किलका एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार उम्र दराज नामका व्यक्तिलाई मंगलबार पक्राउ गरिएको हो।

उनलाई मंगलबार नै अदालतसमक्ष पेश गरिएको थियो भने अदालतले उनलाई मंगलबार नै न्यायिक हिरासतमा पठाएको बीबीसीले उल्लेख गरेको छ।

प्रहरीका अनुसार उम्र दराजको विरुद्ध १६ एमपिओ र १२३ अनुसार मुद्दा दर्ता गरिएको छ। पक्राउ परेका उम्र भारतीय क्रिकेटर विराट कोहलीका प्रशंषक रहेको बताइएको छ।

प्रहरीका अनुसार उम्र दराजले आफू विराटको प्रशंसक भएको र सोही कारणले भारतको झण्डा आफ्नो घरमा राखेको बयान दिएका छन्। –

sources: Agencies