imageअनोज रोक्का
मृगौला पिडित सरितालाई “पथरी समाज हङ्कङको” एक लाख अड्तिस हजार दुई सय सहयोग

पथरीशनिश्चरे नगरपालिका वडा नं ७ बस्ने मदन राईको श्रीमति सरिता राईलाई पथरी समाज हङ्कङले सहयोग स्वरुप हङ्कङ डलर ९,८०१ (१,३८,२०० नेरु) प्रदान गरेको छ ।

दुवै मृगौलामा खरावी आएपछि उपचारको लागि अस्पताल भर्ना गरिएको राईलाई कमजोर आर्थिक अवस्था भएकोले उपचार हुन सकिरहेको थिएन ।
नगरपालिकाको सिफारिस बमोजिम सहयोगको लागि अपिल आएकाले समाजका सदस्यहरुले स्वतस्र्फुतरुपमा पैसा उठाएर सहयोग रकम पठाएका हुन् । एउटै ठाउँको भएकाले पनि आत्मीयता अझ प्रगाढ भएको बताउँछन् समाजका अध्यक्ष जय चाम्लिङ् भन्छन् –“हामी सवै नेपाली, सामुहिक सहयोगले कसैको जीवन बाँच्छ भने किन सहयोग नगर्ने ?”

सहयोगको लागि समाजका सदस्यहरुलाई भाईबार मार्फत जानकारी मात्र दिएका थियौ सवैले सहमतिका साथ रकम जम्मा गर्नुभयो समाजका सचिव भिम सुन्चुरी बताउँछन् । सवैको थोपा थोपाबाट आज सरिताको जीवनको लागि कामना सहित रकम पठाउँन सफल भईयो उनी थप्छन् ।

संकलित रकम निवेदक मदन राईलाई प्रणव चाम्लिङ्ले घरमै गएर हस्तान्तरण गरेका थिए ।
सहयोगी सदस्यहरुको नामावली ः
राजेश पोमो – ५००
भिम सुन्चिउरी – ५००
बिनु राई – ५००
भुपाल राई – ५००
मिलन राई – ५००
गनेश राई – ५००
मिरा गुरुङ् – ५००
जगत लिम्वु – १०००
दिपक राई – ५००
भद्र गुरुङ् – ५००
जयाराम राई – ५०१
चन्द्रकला राई – ५००
प्रेम लिम्वु – ५००
झरना राई – ५००
काजी घिसीङ् – ३००
सिता गजमेर – ५००
भूपाल गजमेर – १५००image image