received_1079294672135832

टयालेन्ट डेक इन्टरटेन्मेन्टको आयोजनामा असार ३ गते हुन लागेको पिएलओ दमक रनवे फेसन सो को लागि शनिवार मोडल छनौट गरिएको छ ।

दमक १०स्थित कामा्क्ष होटलमा आयोजित अडिसन कार्यक्रममा दमकका ५८ जना मोडलहरुले सहभागिता जनाएका थिए ।

received_1079294592135840

अडिसनमा सहभागी वाट १६ जना मोडल छनौट भएका छन । छनौट हुने मोडलहरुमा विपासा व्रजचार्य, सेलिना गौतम, मनिला राई, करिना वुढाथोकी, सलिना वुढाथोकी, फ्लोरेन्स राई, रन्जिता चहर, मोनिका ल्म्विु, रोजिना बास्तोला, सल्मा धिमाल, मिरादुमि राई, रेनु राई, सम्झना बुढाथोकि, प्रसंसा रिजाल, सन्दिपा लिम्वु, रोजिना अधिकारी रहेका छन ।

“सो” मा धरानका आठ जना सुपर मोडलहरुको पनि विशेष प्रस्तुती रहनेछ । छनौट भएका मोडलहरुलाई डिजे तथा कोरियोग्राफर ललित राईले कोरियोग्राफी गर्ने छन।

दमक १२ स्थित रेडक्रस भवनमा सम्पन्न हुने कार्यक्रममा हेमा राईको डिजाइनमा स्प्लेण्डर वुटिकले तयार गरेको पहिरनमा मोडलहरु र्याममा उर्तिनेछ । दमकमा पहिलो चोटि यति धेरै मोडल र्याम्पमा उर्तिन लागेको मिडिया संयोजक भुपेन्द्र तुम्वाहाम्फे बताउँछन् ।

received_1079294625469170received_1079283682136931received_1079294715469161