• अनोज रोक्का,                                                                                                   

hymen vvvvvनिर्देशक रत्न मगरले अमेरिकामा नेपाली भेषभूषा पहि¥याएर मोडलहरुलाई सामूहिक नृत्य सहित अभिनय गराएका छन् ।
धन सिंजालीको स्वरमा सजिएको “सन्देश बोकी” शिर्षकको क्रिश्चियन गितमा मगरले उक्त अभिनय गराएका हुन् ।
यसै साता सार्वजनिक गरिएको उक्त भिडियोमा नेपालीपन झल्काउँने डे«स र नृत्य प्रस्तुत गरिएको छ ।
अमेरिकाको बिभिन्न शहरमा छायाङ्न गरिएको भिडियोलाई डम्मर सिजांलीले खिचेका हुन् भने उनी स्वंमले सम्पादन पनि गरेका छन् ।
मंगल सिंजालीको रचना, जोनि योञ्जनको एरेन्जमा तयारी गितलाई आम क्रिश्चियन समुदायले निकै नै मन पराएका छन् । यो क्रिश्चियनिजममा आधारित भए पनि यसको मेलोडी सवैलाई मन पर्ने किसिमको छ निर्देशक मगर बताउँछन् ।
भुटानी शरणार्थी शिविरबाट पूर्नबासको क्रममा अमेरिका पुगेका नेपालीहरुको समूहले उक्त भिडियो निर्माण गरेका हुन् । जहाँ भए पनि नेपाली भाषा, संस्कृतको सम्झनास्वरुप भिडियो बनेको निर्देशक सुझाउँछन् ।
Feb, 06,2016
भिडियो हेर्नका लागि तलको लिङ्मा क्लिक गर्नुहोस ।
https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.youtube.com%2Fwatch%3Fv%3DotlA3CFQS94&h=hAQGJ0j0nAQEEubqAmhfSvysFwXLhyih7yvlMM7yYjXiAGQ