Milan gita 1

मिलन श्रेष्ठ र गीता गुरुङ श्रेष्ठको चौथो म्यूजिक भिडियो सार्वजनिक भएको छ । मिलन गीता एल्वममा समाबिष्ट ‘भावनामा डुबाई डुबाई ….’ बोलको गीत क्रेजी इन्टरटेमेन्टले निर्माण गरेको हो ।

मिलन श्रेष्ठ र गीता गुरुङ श्रेष्ठको स्वर, रचना÷संगीत कमल खत्रीको रहेको छ । म्यूजिक भिडियोमा गायक श्रेष्ठका अलवा प्रेशिका निरौला, सुमन खनाल, करण धिताल, प्रविन विक, निशा इम्बुङले अभिनय गरेका छन् । उक्त म्यूजिक भिडियोको क्यामेराम्यान भूपेन्द्र तुम्वाहाम्फे, कोरियोग्राफी राम विक, सम्पादन विज्ञान राईले गरेका छन् भने निर्देशन सन्तोष राईले गरेका हुन् ।

भिडीयो हेर्नको लागि तलको यु ट्युव लिंकमा कि्लक गर्नुहोस ।