received_1076162945763133

अनोज रोक्का

२१ मे, २०१६, गायक पुष्पराज बसेल र चर्चित गायीका मेलिना राईले गाएको “वर वर सर्दै, मिठो मायाँ छर्दै” बोलको गिती भिडियो सार्वजनिक भएको छ ।
‘मधुर’ एल्बममा समावेश गरिएको गितमा शब्द पुष्पराज स्वंयले लेखेका छन् भने, गायक साजन राईको संगित, महाराज थापाको एरेन्ज रहेको छ ।
युमा आर्टस एण्ड कल्चर सेन्टरको प्रस्तुती रहेको भिडियोले छोटो समयमा युटयुब च्यानलमा दर्शकको मन जित्न सफल भएको छ ।

निशान घिमीरेको सम्पादन र श्रीधर पौडेलको छायाङ्कन र निर्देशनमा तयार पारिएको भिडियोमा चर्चित मोडल तथा नायक पुष्प खड्का र नायीका बर्षा सिवाकोटीको अभिनय देख्न पाईन्छ ।पहिलो एल्बम ‘मधुर’ मार्फत नेपाली सांगितीक आकाशमा उदाएका पुष्पराजको पहिलो एल्बम बाटै साङ्गितीक भविष्यको सम्भावना बलियो देखिन्छ । उत्साहित हुदै भन्छन्– “मलाई सवैले सपोर्ट गर्नु भएको छ, यो प्रेरणा र हौसलाले अझ संगितको क्षेत्रमा नयाँ नयाँ प्रयोग गर्ने जोश र जाँगर बढेको छ ।” नेपाली संगित कर्मबाटै जीवन गुजारा गर्न सकिने अवस्था नरहे पनि आफ्नो यात्रा निरन्तर जारी रहने उनी बताउँछन् ।

भिडियो हेर्नको लागि तलको लिकंमा क्लिक गर्नुहोस

 

received_1076163155763112received_1076162952429799