received_1015969225123637

अनोज रोक्का

मोरङ् बयरबन स्थित रमाईलोमा २५६० बुद्ध जयन्तीको पावन अवसरमा रमाईलो सांस्कृतिक कन्र्सटको आयोजना भएको छ ।

समाजको लागि युवा (युथ फर सोसाईटी) को आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल तामाङ् घेदुङ् संघका केन्द्रिय उपाध्यक्ष धर्म लामाले शान्तिको प्रतिक परेवा उडाएर कार्यक्रमको शुरुवात गरेका थिए ।

उल्लेखमय दर्शकको उपस्थित बिच सम्पन्न कार्यक्रममा आउट साईडर, द वेब, सङ्घर्ष, न्यू जेनेरेशन ब्याण्ड सँगै गायक समिर वि.क.को प्रस्तुति रहेको थियो । अवेर राति सम्म युवा युवतीहरुले डान्सिङ् नम्वरमा कम्मर मर्काईरहेका थिए ।

विकास, प्रगति र सचेतनाको लागि स्थापित भएको सोसाईटीले युवाहरुको एकता र विकासको लागि विभिन्न सामाजीक कामहरु गर्ने अध्यक्ष सुमन अधिकारी बताउँछन् भन्छन्– “यो कार्यक्रम हाम्रो शुरुवात मात्र हो, सवैबाट सकारात्मक सहयोग र साथ मिलेको छ, आगामी दिनमा सम्पूर्ण युवा शक्ति मिलेर समाजमा शान्ति र महशुस गर्न सकिने सकारात्मक परिवर्तनका कामहरु गछौ ।”received_1015969188456974received_1015969228456970