_20160523_224915

अनोज रोक्का,   १० जेठ, २०७१

नवगायक एकदेव थेगिम लिम्वुले गाएको लिम्वु भाषाको गित “लुङामाए” अव नेपाली भर्जनमा पनि उपलब्ध हुनेछ । ‘ए मेरी प्रेयसी’ अर्थात ‘लुङामाए’ बोलमा तयार पारिएको गितलाई बिक्रम राई र अन्छमे नशानले लेखेका हुन् भने कमल रसाईलीले संगित दिएका छन् ।

ब्यस्त निर्देशक युगल पोमो लिम्वुले निर्देशन गरेको लुङामाएको भिडियो उत्कृष्ट बनेको दावि गर्छन एकदेव भन्छन्– “गितको भावलाई उत्कृष्ट ढङ्ले भिडियोमा निर्देशकले उर्तानु भएको छ । दर्शक श्रोतालाई नेपाली सभ्यता र जातिय परम्परासँगै आधुनिकताको रौनक पनि भिडियोमा देखाईएको छ ।”

काठमाडौको विभिन्न रमणीय स्थानहरुमा छायाङ्कन गरिएको भिडियोलाई उत्सव दाहालले खिचेका छन् । सिमा सुब्बाको श्रृगार रहेको भिडियोलाई निशान घिमीरेले सम्पादन गरिरहेका छन् ।

चाँडै नै युट्युव च्यानलबाट सार्वजनिक गर्ने तयारी गरिएको भिडियोमा तेह्रथुमे ढाका कलेक्सन र क्रियशन हिमको उत्कृष्ट पोशाकहरुको प्रयोग गरिएको छ । भिडियोमा कलाकारहरु आयुषा साँवा, समिक्षा तुम्बापो लिम्वुका साथै दिपा लिम्वु र कृष्ण लिम्वुले अभिनय गरेका छन् ।

received_1796864607208609received_1796863753875361