received_995470670521079

किशोर श्रेष्ठ,
नेपाली गीत सङ्गीतको मोह बढ्दो छ । बढ्दो यो मोहमा मरिमेट्ने उत्तिकै मात्रामा पाइन्छन् । चाहे त्यो गायनमा होस् या त सङ्गीत श्रृजनामा अथवा गीत रचनामा नै किन नहोस्, पछिल्लो पुस्तामा यसको क्रेज बढेको पाईन्छ । समय परिस्थिति अनि भोगाईहरुलाई उत्कृष्ट रचना मार्फत गीतमा उतार्न तल्लीन गीतकारहरु मध्येका एक हुन् दाङ लमहीका, डि.आर सङ्गम दिप ओली ।
बाल्यअवास्थाबाट नै कथा, गीत, नाटक र गजलहरुको रचनामा सक्रिय उनी पछिल्ला केही वर्ष यता विषेश गरेर गीत रचनामा लागि परेका छन् । उनले मलेशिया मुक्तक संग्रह कोशेलि,यात्रा मरुभूमीको वार्षिक साहित्य,अक्षरहरुको पिरामिड संयुक्त गजल संग्रह, शुभारम्भ गजल संग्रह, दर्शक माझ पस्किसकेका छन् । यसलाई राष्ट्रिय स्तरसम्म चिनाउने लक्ष्य रहेको छ ।

हाल मलेशियामा कार्यरक्त उनी अबको केही समयपछि नै आफ्नो एकल रचना रहने एल्वमका गीतहरुको रेकर्ड कार्यको तयारीमा जुटेका छन् । जहाँ ईच्छा त्यहाँ उपायु भने झै आफू देश वाहिर रहेपनि आफ्नो श्रृजनालाई पूर्णता दिन उनी लागी परिरहेका छन् यतिबेला ।
तिमि सपनाहरु नदेउँ मेरा अबोध परेलीमा, तिम्रो ओठको लाली देखेर भए मत भुतुक्कै, थाहा हुन्छ तिमि कस्ती छ्यौ तिम्रो बोलिमा, एसपालिको दसै पनि प्रदेसमै बित्ने भयो, सयपत्रि मखमली फुले होलान गाउँमा, लगाएतका गीतहरु उनका बजारमा उपलव्ध छन् ।
स्रोतामाझ गीतकारका रुपमा परिचीत हुने लक्ष्य सहित विदेशी भूमीमा उनी गीती लेखनमा सक्रियताका साथ अघि बढेका हुन् । कहिले भेट्ने भनि दिन गन्ने लाई सलाम, रातो गाला खान्छीको चुमुचुमु लाग्छ किन, सम्झानामा टोलाई रहे बिर्सिएर गयौ तिमी लगाएतका गीतहरु उनका रेकडिङका क्रममा छन् । नेपाली गीत संगीतका चर्चित गायक गायकीहरुले उनका शव्दमा आवाज दिईसकेको ।
फुर्सदको समयमा भ्रमण गर्न, साहित्य लेखन, संगित रचना आदिमा रमाउन चाहाने उनलाई परीवारका सदस्यबाट यस क्षेत्रमा लाग्न साथ, सहयोग र भरोषा मीलेको उनी बताउछन् ।
करीव सय भन्दा बढी गीतहरु रचना गरिसकेको भएपनि बल्ल आएर गीत रेकर्डिङ गर्न सफल भएकोमा हर्षित भएको उनले बताए । उनले भने ुमेरो लागि सङ्गीत सम्पूर्ण कुरा हो र म मेरोे जीवन रहुनजेलसम्म यस क्षेत्रबाट टाढा रहन सक्दिन । आफू यस क्षेत्रको विकासलागि जुनसुकै हिसाबबाट सदैव लागि परिरहने कुरामा पनि उनले जोड् दिए ।