received_996075127127300

अनोज रोक्का
नेपाली कथानक चलचित्र क्लासिक हङ्कङमा प्रर्दशन हुने भएको छ । चलचित्र प्रर्दशनको लागि क्लासिकका प्रमुख कलाकारद्धय आर्यन सिग्देल र नम्रता श्रेष्ठ हङ्कङ आउँने भएका छन् । नेपालमा सफल प्रर्दशन भए पश्चात फिल्मलाई नेपालीभाषी भएका अन्य मुलुकमा बिस्तार गर्न लागिएको हो ।

नेपाली संगित र फिल्म नगरीको लागि हङ्कङ उर्वर भुमि मानिन्छ, कारण यहाँ रहेका नेपालीहरुले आफ्नो देश र कलाकारप्रति देखाउँने अगाध, आस्था र सम्मान नै हो । सफल फिल्म क्लासिकले पनि हङ्कङेली दर्शकहरुको मन जित्ने विश्वास गरिएको छ । हङ्कङका सन्तोष गुरुङ् र खुसी गुरुङ्को पहलमा प्रर्दशनको तयारी गरिएको क्लासिक नायक नायीकाको क्रेजले पनि हाउसफुल हुने दावी गर्छीन खुसी, भन्छिन्– “आर्यन र नम्रताको फ्यान फ्लोवर्स नेपालमा जत्तिकै हङ्कङमा पनि हुनुहुन्छ, जसले फिल्म प्रर्दशनमा अझ सहज हुनेछ ।”

तिव्रताका साथ तयारी शुरु गरिएको फिल्मको प्रर्दशन १० जुलाई २०१६, ६ः३० बजे बेलुकी याउमातेई स्थित कम्युनिटी हलमा हुनेछ ।

२७ मे २०१६

received_996075120460634

received_996075117127301