received_1004526946282118

अनोज रोक्का
पछिल्लो समयका हटकेक चकलेटी नायक अनमोल के.सी र मिस नेपाल (२०१२) सृष्टि श्रेष्ठ हङ्कङ आउँने भएका छन् ।

बहुप्रतिक्षित फिल्म गाजलुको प्रर्दशनका लागि कलाकाद्धय सँगै चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई र निर्देशक हेमराज बि.सी पनि हङ्कङ आउँने भएका हुन् ।

सृष्टि अभिनित पहिलो चलचित्र र अनमोलको उत्कृष्ट अभिनय रहेको “गाजलु” काठमाडौंका साथै भक्तपुर तथा दामनका दृश्यहरु समावेश गरिएको फरक प्रकृतिको फिल्म बनेको निर्माण पक्षको दावि छ ।

नेपालमा रहेको कुमारी प्रथाको बिषयलाई मार्मिक ढङ्ले उठान गरिएको फिल्ममा माया, प्रेम, संवेदना, एक्सन सवै समावेश गरिएको निर्देशन हेमराज विसी बताउँछन् भन्छन्– “अन्य फिल्मको भन्दा फरक कथा र अभिनय भएकाले अनमोलको लागि यो फिल्म निकै नै महत्वका साथ हेरिएको छ ।” अनमोलले अभिनय गरेको सफल चलचित्र होस्टल र जेरीका निर्देशक पनि बिसी नै हुन् ।

received_1004526956282117

सलोन बस्नेत, गौरी मल्ल, मेनुका प्रधान, गौरव पहारी लगायत चर्चित कलाकारहरुको अभिनय रहेको गाजलुलाई नेपाल चलचित्र एसोसियसन हङ्कङ र ब्लाक पिक प्रडक्सनको सहकार्यमा प्रर्दशन गर्न लागिएको हो । आगामी जुलाई १ सार्वजनिक बिदाको दिन प्रर्दशन गरिने चलचित्रको लागि हङ्कङेली समुदायबाट निकै नै राम्रो प्रतिक्रिया आईरहेको ब्लाक पिकका सदस्यहरु बताउँछन् ।

नेपाली चलचित्रको उत्थान र उन्नतीसँगै नेपालीहरुलाई स्वास्थ्य मनोरञ्जन प्रदान गर्नका लागि पनि गाजलुको प्रर्दशन गरिएको हो । फिल्मको अहिले धमाधम प्रचार र टिकट बिक्रि भईरहेको छ ।

received_1004526942948785