काठमाडौँ,

गीतकार दिलिप पौडेलको ‘सार्थक’ एल्बममा रहेको गीत संगीतकार शक्ति बल्लभको संगीतमा गायक सुमित खड्काको आवाज रहेको ‘रातो साडी चौबन्दीमा सजेकी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बिन्ध्याबासिनी म्युजिकले बजारमा ल्याएको एल्बम ‘सार्थक’को बिक्रिबापत आएको सम्पूर्ण रकम एम डी एफ नेपाललाई प्रदान गरिने छ ।

केके र सपनाको अभिनय रहेको उक्त म्युजिक भिडियोलाई ओम प्रसाईले छायांकन तथा सम्पादन गर्नु भएको छ भने शंकर अधिकारी घायलले निर्देशन गर्नु भएको छ lभने उक्त म्युजिक भिडियोलाई म्युजिक हाईलाईटको युट्युब च्यानल मार्फत रिलिज गरिएको छ ।

भिडियो हेर्नका लागि तलको लिकंमा क्लिक गर्नुहोस ।