received_1100067000058599

असार ४,२०७३
दमक, झापाको दमकमा शुक्रबार पहिलो दमक रनवे ग्रेण्ड फेशन शो सम्पन्न भएको छ ।

टयालेन्ट टेक इन्टरटेइनमेण्ट दमकको अयोजना तथा पि एल ओ लुब्रीकेण्ट, काउचा कन्स्ट्रक्स प्राली, र गोर्खा गहना भण्डार दमकको प्रयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा २४ जना युवतीहरुले सहभागीता जनाएका थिए । दमक स्थित नेपाल रेडक्रसको सभाहलसम्म उक्त कार्यक्रममा १६ जना दमकबाट र ८ जना सुनसरीको धरानका युवतीहरुले सहभागीता जनाएको थिए ।

डिजे ललित राईले कोरीयो ग्राफीगरेको सो कार्यक्रममा स्प्लेण्डर बुटीक डीजाइनर हेमा राईको डिजाईमा तयार भएको फेशनबाटसजिएका युवतीहरु क्याटवाक गरेका थिए । त्यसैगरि उक्त कार्यक्रममा सन २०१० की लिटील क्वीन सुदृष्टी राईले आफना गीतहरु गाएर मनोरञ्जन दिउकी थिइन ।

received_1100066990058600

कार्यक्रमको प्रमुख आर्कषणरुपमा एयर होस्टेज तथा मोडल पेन्चो डोमा लामाको बिषेश उपस्थिती रहेको उक्त कार्यक्रममा लामाले रयाम्प उत्रिएपछि दर्शकहरुलाई निकै तताउन सफल भएकी थिइन । कार्यक्रमको संचालन भिजे रिजन थापाले गरेका थिए ।

received_1100066993391933