अनोज रोक्का
स्वर्ण पदक विजेता म्याराथुन धावक बैकुण्ठ मानन्धरले हङकङेली नेपालीहरु सँगै च्यारिटी हाईकिङ (पदयात्रा) सम्पन्न गरेका छन ।

“स्वास्थ्य नै धन” हो भन्ने मूल नाराको साथ आयोजित पदयात्रा सहारा क्लव हङ्कङले आयोजना गरेको हो । पिक ट्रामबाट शुरु गरिएको पदयात्रा हङ्कङ पार्क, क्विन्स पार्क हुदै एबरडिन कन्ट्री पार्कमा समापन गरिएको थियो । यात्रामा विद्यार्थी, ब्यापारी, कुटनितिक नियोगका अधिकारी, संघसंस्थाका प्रतिनिधीहरुलगायतको उल्लेखनीय उपस्थित रहेको थियो ।

received_1008120995922713

नेपालको झल्को दिने हङ्कङमा रहेका प्राकृतिक र रमणीय स्थानहरु अवलोकनसँगै खेलकुदको विकासको लागि पनि च्यारिटी पदयात्राको आयोजना गरिएको क्लबका अध्यक्ष दिपक गुरुङ् बताउँछन् ।

धावक मानन्धरसँगै पहिलो ओलम्पियन तथा पूर्व अन्तराष्ट्रिय बक्सर नामसिंह थापा मगरलाई पनि एक कार्यक्रमबीच सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा वाणिज्य दूत बलराम धामी लगायतले दोसल्ला, प्रमाणपत्र प्रदान गरेका थिए ।

_20160619_230451

राष्ट्रिय प्रतिभालाई सम्मान गर्दा नयाँ पुस्तामा पनि सकारात्मक सन्देश जाने सहाराका प्रमुख सल्लाहकार तुलसी गुरुङ् बताउँछन् ।

_20160619_230511_20160619_230527