image
बल्लभ रोका ,हङकङ 

२६ जुन २०१६, हङ्कङ, नमोवुद्ध क्लव हंङकङमा “भुईचालो ” कविता संग्रह विमोचन भएको छ। साहित्यिक साझा सृखला को ५ औं बार्षिक उत्सव २०१६ को अवसरमा विमोचन गरिएको कविता संग्रहमा १९ जना कवि तथा कवयत्री हरुको भुकम्प सम्वन्धि सृजनाहरु समावेश गरिएकोछ। उत्सवको सभापति बज्र कुमार थुलुङ र प्रमुख अतिथि टंक संम्हाम्फे रहेको उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको वाकुलो उपस्थिती रहेको थियो ।

कार्यक्रममा हङकङ लगायत देश विदेशमा रहेरपनि नेपाली भाषा तथा सहित्यको क्षेत्रमा कलम चलाउदा आएका ५ जना स्रष्टाहरुलाई नगद तथा ताम्रपत्रद्धारा सम्मान गरियो । यसरी सम्मानित हुनेहरुमा किसन राई (हङकङ) “नेपाली भाषासेवी व्यक्तित्व पुरस्कार–२०१६” मनु कन्दङवा (हङकङ)लाई “बलिहाङ तङ्नामः मेरो मानसपटलमा” लाई “वर्षकृति पुरस्कार–२०१६” त्यसैगरि कोही गुरुङ (हङकङ)लाई “बाल साहित्यिक व्यक्तित्व पुरस्कार–२०१६” , दीपा राई पुन (अमेरीका)लाई “प्रवासी सक्रिय साहित्यिक व्यक्तित्व पुरस्कार–२०१६” र धर्मेन्द्र नेम्वाङ (नेपाल) “स्वदेश साहित्यिक व्यक्तित्व पुरस्कार–२०१६” रहेका छन् । श्रृङखलाका संस्थापक/संरक्षक राजकुमार राई,देश सुब्बा,टंक सम्बाहाम्फे र दाजु गुरुङलाई सम्मानित गरिएको थियो। त्यसै गरि सम्मानित हुनेहरुमा सल्लाहकार तथा पूर्वसंयोजहरु चन्द्र मादेन आन्छन,टोप बहादुर याक्खा र दीपा एवाई राई पनि सम्मानित हुनु भएको छ।
साहित्यिक साझा श्रृंखलाको ५ औं वार्षिक उत्सवसंगै आगामी श्रृखलाको संयोजकमा सर्वसम्मतबाट कवि तथा साहित्यकार लाल बहादुर गुरुङ र सह–संयोजकमा कवि तथा साहित्यकार पूर्णिमा शाह चयन भएका छन ।
त्यसैगरि एन. आर.एन.हङकङ , हङकङ नेपाली महासंघ, नेपाल फाईनान्स लिमिटेड,थुलुङ राई सामा,लिङमा कंस्ट्रक्शन एण्ड इन्जिनियरिङ, फ्रूटफूल कन्सल्टेन्सी, संखुवासभा समाज हङकङ, मेख आले,कङगन रेष्टुरेण्ट, हङकङबाट आर्थिक सहयोग भएकोजानकारी संयोजक बज्र कुमार थुलुङले जानकारी दिनु भएको  थियो । image image image image