_20160701_110413

अनोज रोक्का

३० जुन, २०१६
फिल्म “गाजलु” लिएर नायीका तथा मिस नेपाल (२०१२) सृष्टि श्रेष्ठ हङ्कङ आईपुगेकी छिन् ।

नेपालमा सफल प्रर्दशन पश्चात हङकङ प्रिमियरको लागि उनी हङ्कङ आएकी हुन । फिल्म हङ्कङ स्थित योङ्लुङ थिएटरमा भोली ७ बजेबाट प्रर्दशन हुदैछ ।

नेपालको ट्रिपिकल कुमारी प्रथाको कथालाई उठान गरिएको फिल्मबाट सृष्टि निकै नै आशावादी छिन् भन्छिन्– “हङ्कङेली दर्शकहरुको साथ र सहयोगको अपेक्षा लिएकी छु ।”

दर्शकहरुसँगै बसेर फिल्म हेर्नका लागि राष्ट्रिय चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, निर्देशक हेमराज बिसी लगायत अन्य कलाकारहरु पनि आउँने क्रम जारी छ ।

फिल्मलाई ब्लाक पिग प्रडक्सनको आयोजनामा हङ्कङमा प्रर्दशन गर्न लागिएको हो ।  

कलाकारलाई स्वागत गर्दै ब्लाक पिगका अध्यक्ष हरिहाङ् तिगेला

कलाकारलाई स्वागत गर्दै ब्लाक पिगका अध्यक्ष हरिहाङ् तिगेला

13552536_303517179981057_1047343668_n13563142_303517016647740_1084233796_n