13567211_680094602144426_1917576019475873278_n - Copy

अनोज रोक्का

३ जुलाई, २०१६
हेमराज बि.सी निर्देशित फिल्म ‘गाजलुको’ हङ्कङमा प्रिमियर गरिएको छ । नेपालमा सफल प्रर्दशन पश्चात बाहिरी मुलुकमा प्रर्दशनका लागि हङ्कङमा पहिलो प्रिमियर गरिएको हो । उल्लेखनीय दर्शकहरुको उपस्थित बीच फिल्मको प्रिमियर गरिएको थियो ।

दर्शकहरुसँगै बसेर फिल्म हेर्नका लागि फिल्मकी नायीका तथा मिस नेपाल २०१२ सृष्टि श्रेष्ठ हङकङ आएकी थिईन ।

नेपाल राष्ट्रिय चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न प्रिमियरमा राईले नेपाली फिल्मको स्तरोन्तरी भईरहेको बताएका थिए, बिगतको तुलनामा प्राविधिक पक्षमा उत्कृष्टता दिने प्रयास भईरहे पनि कथानकरुपमा अझ मेहनत गर्नु पर्ने बताए । बाहिरी मुलुकको फिल्म प्रर्दशनमा सचेत भई उत्कृष्टतालाई मात्र मौका दिनु पर्ने उनी सुझाउँछन् । जुन पायो त्यो फिल्मको प्रर्दशन गर्दा पहिलो पटक नेपाली फिल्म हेर्ने दर्शकले नाक खुम्च्याउँने उनको तर्क थियो ।

13529201_680093552144531_8640930429810662537_n - Copy

  अधिकांश दर्शकहरुले फिल्मको आर्गेनिक कुमारीको कथालाई मन पराईएको पाईयो । आफ्नो मैलिक कथालाई समावेश गरिएकाले नायीका सृष्टिलाई हङ्कङेली दर्शकहरुले खुलेरै प्रशंसा गरे ।

सृष्टिसँगै अनमोल केसी, गौरव पहारी, सलोन बस्नेत, मेनुका प्रधान, रितिक शाही, गौरी मल्ल लगायतका कलाकारहरुको अभिनय रहेको फिल्मलाई रोहित अधिकारीले बनाएका हुन् ।

 फिल्मलाई ब्लाक पिग प्रडक्सन हङकङले प्रर्दशनको ब्यवस्था मिलाएको थियो । हङ्कङमा प्रर्दशित अन्य चलचित्र भन्दा गाजलुले दर्शकहरुको अत्याधिक माया पाएको प्रडक्सनका अध्यक्ष हरिहाङ् तिगेला बताउँछन् ।

बोर्ड अध्यक्ष राई तथा नायीका सुष्टिलाई ब्लाक पिग र नेपाली चलचित्र विकास बोर्ड हङ्कङका पदाधिकारीहरुले सम्मानपत्र तथा मायाको चिनो वितरण गरेका थिए ।

13516691_680094012144485_9127832188218556692_n

13537634_680094725477747_7185542253629259832_n13533214_680094732144413_5170143066579650307_n13516315_680094595477760_7662563179610692346_n