नेरास्ववियु मोरङका अध्यक्ष श्री गोकर्ण घिमिरे सग आशिष बोहोराले देशको बर्तमान अवस्था र अनेरास्ववियुको कार्यगत योजना र अवस्थाबारे गरेको फेसबुक प्रश्नोत्तर यस प्रकार छ ।

१. प्रचण्डसहित नेकपा माओवादीले सरकार समर्थन फिर्ता लिएको छ यस्लाइ कसरी हेर्नुभएको छ ?

अहिले यो विषम परिस्थितिमा यस्तो गर्नु देश र जनताको स्वभिमान माथिको प्रहार हो । यो गलत हो।

२. अब यो बिषयमा अनेरास्ववियुको भुमिका कस्तो हुने छ ?
अहिले जनताले धेरै ठुलो आशा गरेर सरकारलाइ साथ दिएको बेला प्रचण्डले यस्तो गर्दा देश,जनता अनि प्रचण्ड आफैलाइ धेरै घाटा छ।अनेरास्ववियु सधै देश र जनता को लागि लड्दै आएको संगठन हो र सधै देश र जनताकै निम्ति लड्ने छ। अहिले हामी सरकार जनताको लागि बनेको भन्दै जनता समक्ष गइरहेका छौ। जनताको पनि वर्तमान सरकारलाई समर्थन रहेको छ।

३. अनेरास्ववियुको मुख्य उद्देश्य के हो ?

अनेरास्ववियुको मुख्य उद्देश्य भनेको देश र जनताको स्वभिमानको रक्षा गर्नु हो। यो युनियन सधै विद्यार्थी र जनताको हितमा लड्ने छ।

४.अहिले निजी बिद्यालयले मनोमानी शुल्क असुलिरहेक छन नि ? यस्मा तपाइहरुको के कस्तो भुमिका रहने छ ?

हो, आज पनि निजीस्तरका बिद्यालयहरुले मनमानी शुल्क लिइरहेका छन । यस्लाइ ध्यानाकर्षणमा राख्दै हामीले हाम्रो नेतृत्वमा आन्दोलन जारि गरिरहेका छौ। आशा छ चाँडै यस विषयमा कार्वाहीको प्रक्रिया अघि बढ्नेछ ।

प्रस्तुति : आशिष बोहोरा, बिराटनगर मोरङ