13082713_541491236029865_4045338139738868006_nसंगितभन्दा बाहेक जीवनमा अरु केहि देख्दिन – राज सिग्देल

गजल, गायक

“यो मायाँ हराएको, शहर हो प्रिया” गितको रेकर्ड सँगै नेपाली साङ्गीतिक क्षेत्रमा प्रवेश गरे गायक राज सिग्देल । सानै देखी बुवा र दाजुको संगितप्रतिको प्रेमबाट नजिकिएका राजले यो अवधिमा दुई दर्जन बढि गितमा आफ्नो स्वर दिईसकेका छन् । गजल प्रतिको मोह र गायकीले आम दर्शक, श्रोतामा गजल गायकको परिचय बनाएका राजको एल्बम ‘गुरु’ मा समावेश “उ जितेर गई, या हारेर गई, नतिजा आफै तिर पारेर गई”, चलचित्र महसुशको “दिल चुक्छ, मौन छ यो ढड्कन” लगायत चर्चित छन् । पछिल्लो समय बिदेश कार्यक्रमका लागि ब्यस्त उनी जापान, हङ्कङ लगायतका देशहरुमा आफ्नो प्रस्तुती दिईसकेका छन् । प्रस्तुतीका लागि हङ्कङ आएको बेला अनोज रोक्काको पाँच प्रश्न ।

१. पहिलो पटक हङ्कङ आउँनु भएको छ, प्रस्तुती कस्तो रह्यो ?

मेरो पहिलो हङ्कङको प्रस्तुती सम्झन लायक रह्यो । गजलको मार्धुयमा सवैजना रमाउँनु भयो । सवैले सकारात्मक प्रतिक्रिया दिनुभएको छ ।

२. गजल विधा रोज्जु भएको छ, स्टेजमा दर्शकहरुलाई नचाउँन त गाह्रो पर्ला ?

हैन, म नचाउँने प्रस्तुतीहरु पनि दिन्छु तर म गजलमा आफुलाई सहज महसुस गर्छु । सुमधुर र सदावहार गजलमा रम्ने दर्शक, श्रोताहरुको पनि कमि छैन ।

३. राज सिग्देल जति मात्रामा चर्चित हुनु पर्ने हो, त्यति छैन यानिकी बजारमा गित सुन्न पाईदैन भन्छन् नि ?

मलाई त्यस्तो लाग्दैन, मेरो संगित एकपछि अर्को आईरहेको छ । म संख्यालाई भन्दा गुणस्तरलाई बढि महत्व दिन्छु । थोरै गित बाहिर आएपनि दर्शक, श्रोताहरुको माया निरन्तर पाउँनु नै ठुलो कुरा हो ।

४. नेपाली संगितको बजार कस्तो देख्नुभएको छ ?

राम्रो छ, सुधार हुने प्रयासमा छ । समयसँगै हामी पनि डिजिटल युगमा प्रवेश गर्दैछौ । हिजो संगितलाई सुनिन्थ्यो मात्र भने आज हेर्न पनि थालिएको छ । पाईरेसी बढे पनि यसलाई नियन्त्रण गर्दै नयाँ नयाँ प्रविधिमा अभ्यस्त हुनु नै सांगितीक बजारको लागि लाभदायक हुन्छ ।

५. संगितमा भविष्य देख्नु भएको छ ?

मैले संगित भन्दा बाहेक केहि पनि देखेको छैन, मैले जीवनमा जानेकै गित गाउँन र जीवनको उर्वर समय पनि ब्यक्तित गरे संगित सिक्न । मेरो वर्तमान र भबिष्य नै संगित हो, म दर्शक श्रोताहरुको लागि निरन्तर श्रृजना गरिरहन्छु ।

प्रस्तुती– अनोज रोक्का
हङ्कङ

13321958_553749158137406_6798328986181100796_n