13487352_10206969496864111_798312579_n

ईतिहासको प्रतिबिम्व हो “तीन घुम्ती” – धुब्र दत्त (नायक)
धुब्र दत्त नेपाली रजतपटमा स्थापित नाम हो । कामको सिलसिलामा हङ्कङ बसोबास गरिरहेका धुव्रलाई एक्कासी आएको अभिनय प्रस्तावले नेपाली चलचित्र क्षेत्रमा नायकको परिचय दियो । हाल बेलायतमा बसोबास गरिरहेका धुव्रले यो अवधिमा द प्लान, बिष, बिरताको चिनो, मृगतृष्णा, नाईन ओक्लक, निर्दोष, आबेग लगायतका दर्जन बढि चलचित्रमा अभिनय गरिसकेका छन् । छोटो समयमै रजतपटका चर्चित कलाकारहरुसँग स्क्रीन सेयर गरेका धुब्र अभिनित बिपी कोईरालाद्धारा लिखीत चर्चित ऐतिहासिक उपन्यास “तीन घुम्ती” देशै भरि प्रर्दशन भईरहेको छ । मुलुक बाहिर युकेमा रेड कार्पेट प्रिमियर गरिएको फिल्म अन्य मुलुकहरुमा पनि प्रर्दशनका लागि तयारी थालिएका बेला अनोज रोक्काको प्रश्न ।

१. चर्चित उपन्यासमा आधारित फिल्म “तीन घुम्ती” प्रर्दशन भईरहेको छ, कत्तिको एक्साईटेड हुनुहुन्छ ?

एकदमै । साहित्यकार जननेता विपी कोईरालाद्धारा लिखित चर्चित उपन्यास “तीन घुम्ती” मा फिल्म बनेको छ, यो ऐतिहासिक महत्वको विषय पनि हो । मेरो अपेक्षाकृत फिल्म पनि भएकाले डर सँगै एक्साईटेड पनि छु ।

२. दर्शकहरु, समिक्षकहरुबाट कस्तो प्रतिक्रिया आईरहेको छ ?

तीनघुम्ती आफैमा उत्कृष्ट साहित्यीक कृति हो, यसलाई फिल्मी मसला दिएर अझ जिवन्त बनाईएको छ । सवैको सकारात्मक टिप्पणी आएको छ । मेरो अभिनय करियरमा एउटा ईट थप्ने काम यो फिल्मले गरेको छ ।

३. लगभग ५० बर्ष अघिको कथा, चालचलन, भाषा, संस्कुतीलाई प्रस्तुत गरिएको छ, कत्तिको गाह्रो भयो ?

गाह्रो त भयो तर सवै टिमको सहयोग र वर्कसपले सहज बनायो । ठेट नेपाली शब्द र ५० बर्ष अगाडिको भाषा, भेषभूषा र संस्कृतलाई वास्तविकता देखाउँनका लागि मैले पिताम्वरको क्यारेटर मार्फत भरभूर मेहनत गरेको छु ।

४. बिदेश अनि चलचित्र मोह कसरी समय ब्यवस्थापन गर्नु हुन्छ ?

सवैकुरा मन रहेछ । आफुले रोजेको काम गर्दा जतिनै ब्यस्त र च्यालेञ्ज भएपनि रमाईलो महशुस भईरहेको छ । जीवन चलाउँन विदेशीए पनि आफ्नो भाषा, संस्कृति र कलाको लागि सदैव केहि न केहि श्रृजनशिल काम गरिरहन्छु ।

५. अन्त्यमा….. ।

नेपाली साहित्यको उत्कृष्ट उपमा “तीन घुम्ती” लाई निर्देशक बाबुराम ढकालले फिल्मी फ्लेवर दिनु भएको छ । हरेक कुरामा कृतिलाई न्याय गर्नका लागि मेहनत गरेका छौ । नेपाली ईतिहासलाई फर्केर हेर्नका लागि पनि फिल्म हेर्न सवैलाई अनुरोध गर्दछु ।

प्रस्तुति– अनोज रोक्का
हङ्कङ

13434849_10206953810271956_5484553483683192964_n