12042983_1019880668056827_5528460619072471677_n

नम्रता श्रेष्ठलाई नभेटे पनि, म उहाँलाई फ्लो गरिरहेको हुन्छु”–  प्रताप लामा
रियालिटी सो नेपाली तारा सिजन ३ मार्फत एकाएक सेलिबे्रटी भए प्रताप लामा । नेपाली ताराको ट्याग पाएका उनी गायकीले नै आफुलाई पालेको बताउँछन्, भन्छन्– “गाएर मेरो जीन्दगी चल्छ भन्ने मलाई थाहा थिएन, आज मेरो लागि सवथोक यहि भएको छ ।” पढाईसँगै सङ्घर्षका लागि काठमाडौ आएका प्रताप साथीभाईको अनुरोध र सहयोगमा रेष्टुरेष्टमा गाउँन थाले, गाए सँगै पैसा पनि पाउँन थाले पछि प्रतापको काठमाडौ बसाई सहज हुन थाल्यो । रोजीरोटीको लागि गाएर हिड्ने प्रतापलाई कति बेला कहिल्यै छोड्न नसक्ने संगितको नशा लागिसकेछ पत्तै पाएनन् । सानै बेलादेखी साङ्गित माहोलमा हुर्किएका प्रताप आमा र दाईको गितप्रतिको लगाव नै आफ्नो रियाज भएको बताउँछन् । आमाले अल ईन्डिया रेडियो सुन्दै गुन्गुन्गाउँने अनि दाईको अनवरत साधनालाई नजिकबाट नियालेका उनी जानेर नजानेर संगितप्रति होमिसकेका थिए । नेपाली तारा सिजन २ का फस्ट रनरअप सुर्य लामाका भाई प्रतापलाई नेपाली ताराले अवसर मात्र हैन नेपाली सांगितीक आकाशमा आशलाग्दा प्रतिभाको रुपमा पनि परिचय गराएको छ । भानु स्मृती सहयोगार्थ बराही साझ हङ्कङमा सांगितीक प्रस्तुतीका लागि आएका उनीसँग अनोज रोक्काको पाँच प्रश्न ।

१. पहिलो पटक हङ्कङ आउँनु भएको छ, प्रस्तुती कस्तो भयो ?

एकदम सानदार प्रस्तुती रह्यो । नेपाल र नेपालीलाई सम्मान गर्ने दर्शकहरुको धैर्यता र नेपाली कला संगितप्रतिको लगाव उत्कृष्ट लाग्यो । सवैको वाहवाही बटुल्न सफल पनि भए ।

२. नेपाली ताराको ट्याग बोकेर हिड्नु भएको छ, साधारण प्रताप र नेपाली तारा प्रतापमा के भिन्नता रहेछ ?

म आफैमा त केहि पनि भिन्नता छैन, तर सामान्य जीवन भन्दा नेपाली तारा भईसके पछि आम दर्शक, श्रोता साथीभाईको सम्मान र माया बढि नै पाएको छु । नेपाली ताराले मलाई उत्कृष्ट अवसर दिएको छ । नेपाली सांगितीक क्षेत्रमा आफ्नो छुट्टै ईतिहास कायम राखेको नेपाली ताराले मलाई आम जनमानस बीच संगितको ज्ञान बोकेर हिड्ने, उत्कृष्ट प्रस्तुती दिने गायकको रुपमा परिचित गराएको छ ।

३. पहिलो नेपाली ताराको जति मात्रामा चर्चा भयो या भनौ उहाँले जति मात्रामा नेपाली संगितमा आफ्नो उपस्थिती जनाउँनु भयो, प्रताप लामाले त्यति गर्न सकेनन् भन्छन् नि दर्शक श्रोता ।

हो, सहि कुरा हो तर यसको मतलव मैले केहि नगरेको हैन । मैले सिङ्गल ट्रयाकका संगितहरु बजारमा ल्याईरहेको छु अव चाँडै नेपाली ताराको सम्झौता बमोजिम एउटा एल्वम पनि सार्वजनिक गर्दै छु । त्यसको लागि तयारी हुदै छ । पहिलो नेपाली तारा दिपक दाई सँग पनि यो बिषयमा म सल्लाह गरिरहन्छु ।

४. तपाई नम्रता श्रेष्ठको डाईहार्ट फ्यान । फेसवुक, अन्र्तवार्तामा पनि उहाँको तारिफ खुवै गर्नुहुन्छ ?

हो सहि कुरा म साँनै देखी नम्रता श्रेष्ठको एकदम ठुलो फ्यान हो । उहाँको हरेक नयाँ फिल्म न छुटाउँदिन । यसको मतलव उहाँ सँग भेट्नै पर्छ भन्ने म ठान्दिन न भेटे पनि म उहाँ लाई फ्लो गरिरहेको हुन्छु हेरौ कुनै दिन भेट होला ।

५. अन्त्यमा के भन्न चाहनुहुन्छ ?

यहाँहरुको माया र सद्भावले म यहाँ सम्म आएको छु । जसरी यहाँहरुले मेरो लागि अमूल्य भोट खर्चिनु भएको छ त्यसको बदलामा यहाँहरुको हरेक संवेदनामा साथ दिने संगितको श्रजना गरिरहन्छु । नेपाली संगितलाई माया गरिदिनु होला ।
          प्रस्तुती– अनोज रोक्का

13254384_1108982895841362_6462874451320729381_nNepali-Tara-3-12