13840489_1035683469833132_1342035235_o

अनोज रोक्का
हङ्कङमा पहिलो पटक स्नुकर च्याम्पियनसिप प्रतियोगिताको आयोजना हुने भएको छ । सोमबार जानकारी भेलाको आयोजना गर्दै उक्त कुरा बताईएको हो ।

हङ्कङको आधुनिकतामा रमाईरहेका युवा पुस्तालाई स्वास्थ्य मनोरञ्जनसँगै खेलप्रति आकर्षित गर्न पनि प्रतियोगिताको आयोजना गर्नु परेको आयोजक ओम गुरुङ् बताउँछन् भन्छन् – “स्नुकरलाई भिआईपी खेल भनेर भन्ने गरिन्छ, अन्य खेल भन्दा ईनडोर र बौद्धिक भएकाले पनि होला । हामी यसलाई सवैको पँहुचमा पु¥याउँन चाहन्छौ ।”

स्पोर्ट क्लब हङ्कङको आयोजना र ब्लाक पिग प्रडक्सनको सहकार्यमा हुने प्रतियोगितालाई युवाद्धय कुमार चेम्जोङ् र ओम गुरुङ्ले आयोजना गरेका हुन् । हामी आफ्नै प्रयासमा प्रतियोगिता गर्न गईरहेका छौ, यसलाई निरन्तरता दिनको लागि सोचिरहेका छौ । आशा छ भविष्यमा सहयोगी हातहरुले सहकार्य गर्नुहुनेछ, उत्साहीत हुँदै बताउँछन् ओम ।

अगस्ट २८ का दिन केसी सिटी स्नुकर, जोर्डनमा हुने प्रतियोगितामा क्रमश प्रथम, द्धितीय, तृतियका लागि पाँच हजार, दुई हजार र एक हजार हङ्कङ डलर पुरस्कारको ब्यवस्था गरिएको छ ।
पत्रकार महासंघ हङ्कङका अध्यक्ष किसन राई लगायत जानकारी सभामा उपस्थित अतिथीहरुले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

२६ जुलाई, २०१६

13672086_1035683233166489_438418343_n