बिबेकद्वारा निर्देशित भिडीयो प्रिमियर गायिका अन्जु पन्त र गायक समिर सिंगकले गाएको ‘तिमी मेरो’ बोलको गीतको म्यूजिक भिडीयो प्रिमीयर भएको छ ।

पूर्वको रमणिय स्थलहरुमा छाँयाङ्कन गरिएको भिडीयोको आज युट्युव मार्फत प्रिमीयर गरिएको हो ।

भुपेन्द्र खड्कको शब्द तथा बिनोद खम्बुको संगीत रहेको हाम्रो माया जुनि जुनिलाई एल्बममा समाबिष्ट उक्त गीतको भिडीयोमा अनिल लिम्बू र तृष्णा रेग्मीले अभिनय गरेका छन् ।

भिडीयोको निर्देशन बिबेक हिङमाङले गरेका हुन् ।

http://youtu.be/wxkHRfAQR2Y