HTB1HgqUGVXXXXXMXpXX760XFXXXX

१४ साउन, २०७३

मक / भदौ पहिलो सातासम्ममा झापा दमकका सडकमा सोलार युक्त सडक बत्ती सञ्चालनमा आउने भएको छ । शहरी सडक सौय वत्ती कार्यक्रम अन्तर्गत दमकमा यसका लागि अहिले काम तीव्र पारिएको छ ।

सडकमा सोलार बत्ती जडानको व्यवस्थापनको जिम्मा पाएको मनास्लु इनर्जी प्रालिले अहिले दमकको मुख्य चौक क्षेत्रमा सोलार बत्ती राख्नका लागि काम थालिएको जनाएको छ । सोलार बत्तीका लागि पोल गाड्दै कामदारहरु सोलार बत्तीका लागि पोल गाड्दै कामदारहरु कम्पन्नीका सञ्चालक कमल खड्काका अनुसार आउदो भदौ पहिलो सातासम्ममा दमकको सडकमा सोलार बत्ती सञ्चालनमा आउने छन् । उनले दमकको चौक पूर्वको बसपार्कदेखि पश्चिम चिया दोकानसम्मको सडकमा ६८ वटा पोलमा सोलार युक्त सडक बत्ती सञ्चालनमा आउने जनाए ।

‘सोलार युक्त सडक बत्ती राख्न अहिले धमाधम पोल गाड्ने काम भइरहेको छ ।’ सञ्चालक खड्काले बताए । दमक नगरपालिका र बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको साझेदारीमा जडान हुने सोलार बत्ती आधुनिक प्रविधिको हुने सञ्चालक खड्का बताउछन् । पोलमा नै १४० वाटको प्यानल र ब्याट्री समावेश रहने उक्त बत्ती दिउँसो आफै बन्द र राती बल्ने किसिमको हुने उनले बताए ।