शिशिर एकेडेमीका संचालक सन्तोाष घिमिरे

शिशिर एकेडेमीका संचालक सन्तोाष घिमिरे

बिराटनगर १५, साउन २०१६ 

शिक्षा समयको माग मात्र हैन, मानव जीवनलाई डोर्याउँने एक उत्कृष्ट माध्यम पनि हो । ब्यक्तिगत विकास र समग्र देशको विकास सँगै अनुशासित समाजको निर्माणको लागि पनि शिक्षाको आश्यकता पर्दछ । शिक्षा अनि राजनिती एक अर्काको परिपूरक मानिए पनि बिद्यालयी क्षेत्रमा चरम राजनैतिक परिपाटीको प्रबेश हुनु आफैमा दुर्भाग्य हो । शिक्षा क्षेत्रमा अनवरत योगदान दिईरहनु भएका शिशिर एकेडेमीका संचालक सन्तोाष घिमिरेसँग बर्तमान शिक्षा र राजनैतिक परिवर्तनका विषयमा आशिष बोहाराको प्रश्न ।

१. प्रचण्डको नेतृत्वमा ओली सरकार ढल्यो यस्लाइ कसरी हेर्नुभएको छ ?

सरकार बन्नु र ढल्नु लोकतान्त्रिक मुलुकमा एउटामा सामान्य प्रकृया हो, तर यो उचित समय थिएन त्यसैले यो एकदमै गलत कार्य हो । यसले ओलिको सरकारमात्र होइन सम्रगमा नेपालीहरू माझबाट एउटा विकासोन्मुख नेतृत्व देशबाट गुमेको छ ।

२. ओली सरकार भारतसँग नझुकेर भारतवादी ले सरकार ढाले भन्ने कुरा पनि सूनिन्छ नि, यसलाइ कसरी लिनुहुन्छ?

डमरू नेपथ्यमा बजेर कोही नाँच्न थाल्यो भने उ नै पागल हो किनकी नेपथ्यको धुन दर्शकले सुनेको हुदैन, यो वा त्यो जे कारण ले भनी यो सरकार ढलाउनु भनेको प्रचण्डले आफै आफ्नो अधोगती को यात्रा थालेका छन् । आफु चडेको डुगां दुलो पार्दा सबैभन्दा पहिला आफुनै डुबिन्छ भन्ने हेक्का राख्नु पर्छ ।

३. के अबको सरकारले ओलिका अधुरो सपनाहरू पुरा गर्ला ?

त्यो ओलीको सपनामात्र होइन , सम्रग नेपाली जनताको सपना हो । आशा त छैन तर त्यसको हिसाबकिताब जनताले मौकामा गर्ने छन् ।

४. प्याब्सन जस्ता संगठनले के कस्ता योजना हरु ल्याए शिक्षा प्रणालीमा सुधार आउला ?

प्याब्सन वा अन्य निजी विद्यालय संगठनले आफैले फरक योजना ल्याउनु भन्दा पनि सरकारले भर्खरै ल्याएको शिक्षा नितीको अक्षरंश पालनाको प्रतिबद्धता सहित सरकारलाई सहयोगी नीति राख्ने र निजी विद्यालयमा कार्यरत शिक्षकहरूलाई उचित पारिश्रमिक दिदै, निजी विद्यालयहरूले गर्ने गरेको अनुचित शुल्क वृद्धि रोकि, अभिभावकहरूलाई शिक्षण लगायत अन्य शुल्क पार्दशी ढगंले निर्धारण गर्नु पर्दछ ।

५. विद्यार्थीहरूमाझ अतिरिक्त क्रियाकलाप हरु कत्तिको गराउनुहुन्छ र यस्ले विद्यार्थीहरुलाइ कत्तिको सहयोग पुर्याउछ ?

सके सम्म अतिरित्त कृयाकलाप गराउने गरेको छु, आजको यो प्रतिस्पर्धात्मक समयमा नानिहरू योग्य र दक्ष नागरिकको रूपमा विकास गर्न का लागि विद्यार्थी हरूलाई अतिरिक्त कृयाकलाप गराउन महत्त्वपूर्ण हुन्छ । यस्तो कृयाकलापले विद्यार्थीहरूलाई समाज बुझ्न र आत्मनिर्भर बन्न सहयोगी भुमिका खेल्छ ।