13248495_1093000927432208_7201491595327401377_o

हसाउँन वास्तवमै गाह्रो काम हो ।
पार्वन राई (राई बुढा)
कलाकार (हाक्का हाक्की)

ना ! जंगी चलाएर” भन्दै प्रत्येक हप्ता हास्यब्यङ्ग्य कार्यक्रम “हाक्का हाक्की” मार्फत आम दर्शकमाझ पुग्छन् (राई बुढा) उर्फ पार्बन राई । गायनबाट शुरु गरेको कलाकारिता हास्य विधामा आएर ब्यवसायीक भएको बताउँछन् खोटाङ् डाँडा गाउँ ३ का पार्वन । अभिनयसँगै नृत्यमा पनि दख्खल भएका उनी नृत्य निर्देशन पनि गरिरहेका छन् । उनले निर्देशन गरेको लोकदोहोरी भिडियोको संख्या आधा दर्जन छ । कलाकारितालाई जीवनको अभिन्न अंग मान्ने पार्बन बाचुञ्जेल यो यात्रालाई निरन्तरता दिने बताउँछन् भन्छन् – “अभिनयबाट पूर्णतया जीवनयापन गर्न नसकेपनि दर्शकहरुको शुभेक्क्षा र माया पाएको छु, बाँकी गुँजारा चलाउँनका लागि त मेहनत गर्छु नी ।” नेपाल टेलिभिजनबाट प्रत्येक हप्ता प्रशारण हुने हाक्का हाक्कीबाट प्रर्याप्त चर्चा बटुलीरहेका पार्वन पुँमा साँझ हङकङ प्रस्तुतीका लागि आएका बेला अनोज रोक्काको पाँच प्रश्न ।

१. तपाई कलाकार कि निर्देशक ?

म प्रथमत पूर्णरुपमा कलाकार हो । निर्देशन मेरो कलाकारिताको अर्को पाटो हो, जहाँबाट म कलाकारितालाई निखारिरहेको हुन्छु ।

२. खोटाङ्बाट काठमाडौ सम्मको कलाकारिता यात्रा कसरी सम्भव भयो ?

खोटाङ्बाट परिवार विस्थापित भएपछि काठमाडौ आयौ । म आफुलाई थाहा भएदेखी अभिनयमा एकदमै रुचि राख्दथे । बस्ने, हुर्केने क्रममा कलाकारिताको गन्तब्य काठमाडौ बन्यो । सङ्घर्ष गर्नको लागि नै आट गरेर यो क्षेत्रमा आए निरन्तरता दिईरहेको छु ।

३. हास्य विधा नै किन रोज्नु भयो ?

अभिनय गर्ने क्रममा हास्य विधाको भूमिकामा आफुलाई सहज महशुस गरे, दर्शकहरुबाट पाएको सकारात्मक प्रतिक्रियाले पनि यो विधामा होमिएको हुँ । भविष्यमा अभिनयको जुनसुकै विधामा पनि आफुलाई प्रमाणित गर्ने प्रयास गर्नेछु ।

४. हसाउँन कत्तिको सहज हुने रहेछ ?

हसाउँन वास्तवमै गाह्रो काम हो, त्यो मान्छे मात्र हाँस्छ जो भित्रबाट सन्तुष्ट हुन्छ । फेरी बनावटी भन्दा अर्गानिक तवरले हसाउँनका लागि दर्शकहरुको मन मन्तिष्कमा बस्न सक्नु पर्छ । मलाई विश्वास छ, मेरो चरित्र मार्फत दर्शकहरुले पर्याप्त मनोरञ्जन लिई रहनुभएको छ ।

५. अन्त्यमा……………………

सवैले माया गर्नुभएको छ । देश विदेशमा प्रस्तुतीका लागि मौका पाईरहेको छु । आगामी दिनमा पनि यहाँहरुको माया, सदभाव, र सहानुभूति निरन्तर पाईरहँु ।

13419201_1105647579500876_1419493097053700277_n