सामुहिक तस्विरमा हङ्कङ तरहरा (हाँसपोसा) मञ्चका सदस्यहरु

सामुहिक तस्विरमा हङ्कङ तरहरा (हाँसपोसा) मञ्चका सदस्यहरु

अनोज रोक्का
साउन १६, २०७३
हङ्कङ तरहरा (हाँसपोसा) मञ्चले एस.एल.सी.मा उत्कृष्ट अंक ल्याउँने एक बिद्यार्थीलाई नगद सहित सम्मान र पुरस्कृत गरेको छ ।

हाँसपोसा गा.वि.स. भित्रका सामुदायिक माध्यमिक बिद्यालयहरुबाट २०७२÷७३ सालको एस.एल.सी. नियमित तर्फ सर्वोत्कृष्ट अंक ल्याउँने राष्ट्रिय उच्च मा.वि. आँपगाछीका कुमार राउत पूरस्कृत भएका हुन् । तरहरा जेसीजले आयोजना गरेको कार्यक्रममा उत्कृष्ट बिद्यार्थी राउतलाई प्रमाण पत्र सहित नगद रु. २१,००० हस्तान्तरण गरिएको थियो ।

हङ्कङलाई कर्मथलो बनाएका तरहराबासी युवाहरुको सामूहिक सक्रियतामा स्थापित तरहरा (हाँसपोसा) मञ्चले हरेक बर्ष “उत्कृष्ट बिद्यार्थी” पुरस्कारलाई निरन्तरता दिईरहेको छ ।

“अहिलेका बिद्यार्थीहरु भोली समाज निर्माणका पहरेदारहरु हुन्, उत्कृष्ट शिक्षाले अनुशासन मात्र हैन ब्यक्तिको चौतर्फी विकासमा महत्वपूर्ण भूमिका खेल्दछ, मञ्चका अध्यक्ष कालसिहं राई बताउँछन् ।” सम्मान र पूरस्कारले समग्र बिद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने उनको दावी छ ।