तस्विर- एच. के दर्पण एल्बम

तस्विर- एच. के दर्पण एल्बम

तमु राष्ट्रिय मुक्तिमोर्चा हङकङले २०१५ को प्र ल्हो लोसार अर्थात (बादर बर्ष) आगमनको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । जोर्डन स्थित भु पु सैनिक संघको क्लबमा आयोजित कार्यक्रममा ल्हु ल्हो भेडा बर्षलाइ बिदा गरि नयाँ बर्षलाई स्वागत गरिएको हो ।

मोर्चाका अध्यक्ष दुर्गा गुरुङ मिलनको अध्यक्षतामा  आयोजित कार्यक्रममा नेकपा एमाओवादी जिल्ला संगठन हङकङ शाखाका अध्यक्ष रबिन लिङदेन, लिम्बूवान राष्ट्रिय मुक्तिमोर्चा प्रवास समिति हङकङका अध्यक्ष इन्द्र लक्सम, जन सम्पर्क मञ्चका माहामन्त्री मीन गुरुङ , भारतीय गोर्खा भु पु सैनिक संघका अध्यक्ष जजिन चाम्लिङ , मिलन फाउन्डेसन नेपालका अध्यक्ष गंगा गुरुङ, तमु समाज महिला संगठनका अध्यक्ष पुष्पा गुरुङ, तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङ, उपाध्यक्ष मान प्रसाद गुरुङ,  सचिब बिसन गुरुङ , सल्लाहकार किरन गुरुङ , तमु राष्ट्रिय मुक्तिमोर्चाका सल्लाहकार युवराज गुरुङ , गुरुङ भाषा चलचित्र निर्माता , नायक तथा निर्देशक सुवास गुरुङ लगायत लाई अतिथिको आसन ग्रहण गराइएको थियो ।
कार्यक्रममा बिशेष अथितीहरु र प्रमुख अथितीले प्र ल्हो लोसारको अवसरमा शुभकामना मन्तब्य राखेका थिए  । लक्की ड्र, परम्परागत भेषभूषामा सजिएर आउँने महिलाहरु को स्पर्धा सँगै रमाईलो गरिएको कार्यक्रमको अन्त्य अध्यक्ष दुर्गा गुरुङ्ले गरेका थिए भने कार्यक्रमलाई सह सचिव पदम गुरुङले सञ्चालन गरेका थिए ।