13918660_1020397161392553_2098608920_o
काठमाडौँ, हालै बजारमा ल्याइएको अमेरिकामा रहनुहुने दिलिप पौडेलको गीति एल्बम ‘सार्थक’ अमेरिकामा बिक्रीवितरण भए बापत आएको रकम रु.३०००० र २०० सिडी एम.डी.एफ नेपालका अध्यक्ष डा. जे.पि अग्रवाललाई वरिष्ट संगीतकार शक्ति बल्लव ज्युले युनियन हाउस अनामनगरमा पत्रकार सम्मेलन गरि हस्तान्तरण गर्नुभएको छ l
उक्त कार्यक्रममा प्रमुख अतिथि एम.डी.एफ नेपालका अध्यक्ष डा. जे.पि अग्रवाल, महासचिव अनिल उपाध्याय, वरिष्ट संगीतकार शक्ति बल्लव, गीतकार चुडामणि देवकोटा, निर्देशक नरेन्द्र श्रेष्ठ, चर्चित गायक सुमित खड्का र आयोजक एक्शन मिडिया प्रालिको तर्फबाट कानुनी सल्लाहकार श्याम रोक्काले आथित्य ग्रहण गर्नुभएको थियो l
कार्यक्रममा आयोजकका तर्फबाट स्वागत मन्तब्य, ‘सार्थक’ एल्बमका बारेमा वरिष्ट संगीतकार शक्ति बल्लवले विस्तृत रुपमा प्रष्ट पार्नु भएको थियो l भने एम.डी.एफ नेपालका अध्यक्ष डा. जे.पि अग्रवालले संस्थाको बारेमा जानकारी दिदैं सहयोगी दिलिप पौडेललाई हृदय देखि धन्यवाद दिदैं उपस्थित पत्रकारहरु प्रति आभार प्रकट गर्नुभएको थियो l
एल्बम ‘सार्थक’ भित्र ६ वटा गीतहरु समावेश छन् l जसमा कर्णप्रिय स्वर रामकृष्ण ढकाल, स्वरुपराज आचार्य, रामचन्द्र काफ्ले, मिलन अमात्य र सुमित खड्काले भर्नुभएको छ l
कार्यक्रमलाई उद्घोषिका गंगा लामाले संचालन गर्नुभएको थियो l

13883912_1040333869368092_701268373_n