हङकङबाट प्राप्त सहयोग हस्तान्तरण गर्दै ब्लाष्ट दैनिकका प्रधान सम्पादक सहितको टोली ब्लाष्ट दैनिकको कार्यालयमा ।

हङकङबाट प्राप्त सहयोग हस्तान्तरण गर्दै ब्लाष्ट दैनिकका प्रधान सम्पादक सहितको टोली ब्लाष्ट दैनिकको कार्यालयमा ।

२७ साउन, २०७३
कोशेली एच.के. संवाददाता  / दुबै मृगौला फेल भई उपचाररत धरान १४ का पाँच बर्षिय बालक सामेल बयलकोटीलाई बिहिबार आर्थिक सहयोग गरिएको छ । उनलाई हङकङबाट बल्लभ रोकाको संयोजकत्वमा संकलन गरिएको ५७ हजार रुपैया उपचारका लागि बिहीबार ब्लाष्ट टाइम्स दैनिकका प्रधान सम्पादक राजकुमार कार्किले प्रदान गरेका हुन ।

मोरङको उर्लाबारी घर भएका रोका आठ बर्षदेखि हङकङमा बस्दै आएका छन् । ब्लाष्ट दैनिक तथा ब्लाष्ट खबर डट कमले आर्थिक अभाबका कारण सामेल बयलकोटीको उपचार हुन नसकेको बिषयमा सुचना तथा समाचार सम्प्रेशण गरेका थियो । सोहि सुचनाका आधारमा बालकलाई उपचारमा सहयोग गर्न आफुले संयोजकत्व गरेको बल्लभ रोकाले जानकारी दिए ।

बयलकोटीको उपचारका लागि सेवक अभियान धरानले समेत सार्बजनिक अपिल गरेको थियो । सेवक अभियान धरानका संयोजक राजीब हलवाईले बालकको उपचारमा सहयोग गर्न हङकङमा बिषेश भुमिका खेल्ने बल्लब रोकालाई धन्यबाद पनि दिएका छन् ।

पिडित सामेल बयलकोटीका बुबा सरोजले आफुहरुको बच्चाको उपचारमा सहयोग प्राप्त भएकोमा आभार ब्यक्त गरे । ‘बच्चाको उपचारमा सहयोग गरिदिनु भएको छ हाम्रो बच्चाको उपचार गर्न साहस बढेको छ’ सरोजले भने अन्य महानभाबहरुले पनि सहयोग गर्न भएको छ उहाँहरु प्रति हामी ऋणी भएका छौ ।

सहयोग संकलन गर्न संयोजकत्व गर्ने हङकङका बल्लभ रोका

सहयोग संकलन गर्न संयोजकत्व गर्ने हङकङका बल्लभ रोका