कृपया सम्पुर्ण नेपालीमा हार्दिक अपिल र अनुरोध छ।यो लेख सक्दो शेयर गरिदिनु होला।जसले गर्दा अरुको   फोटो र ब्यक्तिगत जीवनको बारेमा सोच्दै नसोची चिन्दै नचिनिकन फेसबुकमा अर्काको निजि कुराहरू जानेर वा नजानेर प्रयोग र दुरुपयोग गर्नेहरुलाई सहि मार्गदर्शन बन्न सकोस्।

किन भने भबिस्यमा अरु कसैकी आमा दिदिबहिनी र छोरीहरुको समाजिक जीवन जीवन मर्यादामा असर पर्ने खालका यस्ता घटनाहरू नघटुन।जसको नराम्रो प्रभावले कसैको जीवन बर्वाद हुन बाट रोक्न हामिले सक्दो सजक हुनु पर्दछ।यहि नै आजको युगको सभ्य सभ्यता मानवीय परिचय हो।

यो मेरो फोटो हो।आजभन्दा तीन बर्ष पहिलेको तिजमा खिचिएको फोटो हो। जुन फोटो ऐले जोया भन्दै फेसबुकमा पोस्ट भएको छ।

यो फोटो ऐले केही फेसबुक पेजमा “नेपाली भेषमा जोया” भन्दै जथाभावी प्रयोग गरेर लाईक र कमेन्ट को लागि प्रयोग गरिएको छ।

तर सामाजिक संन्जालमा च्याउसरी उमृएका फेसबुक पेजमा छापिएका सबै समाचार सत्य हुँदैनन भन्ने कुरा मेरो फोटोलाई “जोया” भनेर यो कुराले प्रस्टै प्रमाणित गरिदिएको छ।आफ्नो पेजको भ्युवर बढाउन र लाईक पाउँनको लागि किन यसरी नबुझिकन जोया भनेर कसरी अरुको फोटो राख्नु?

कस्तो अचम्म लाग्दो घटना घट्यो यो।मैले नै मानवीय  नाताले जोयाको बारेमा एउटि दुख पाएकी महिला  भनेर जोयाको नाममा लेख लेखेकी थिए।

त्यो लेखको शीर्षक ” फिलिपिनि जोयालाई नेपाली दिदिको पत्र” थियो जुन लेख एउटा अनलाईन ब्लग र रेडियो देबदह भन्ने पेजमा छापिएको थियो र यो लेख छापिएको एक दिन भित्रै अत्याधिक भाइरल भयो।र नेपालकि चर्चित गायिका अन्जु पन्तको नामको पेजमा समेत  कपि गरि मैले लेखेको लेख अन्जु पन्तको नाम र फोटो हालेर पोस्ट गरियो। जुन पोस्ट अन्य पेजमा भन्दा अत्याधिक लाईक र कमेन्ट गरियो।

अचम्म परें म त ओहो कस्ता कस्ता मान्छेहरुले फेसबुक पेज बनाएर चलाउँछन।कैसैले यतिका दिन सम्म बहुचर्चित फिलिपिनि महिला जोया र अरुको फोटो समेत नचिनेर जोया भनेर अरुकै फोटो पोस्ट गरेर पोस्ट्याएको देखियो।त कसैले अरुको लेख रचना टपक्कै चोरेर जस्ताको तस्तै आफ्नो बनाएर वाहवाह लुटेको र पढ्नेहरुले भनेर बिश्वास गरेर कमेन्ट र लाईक गरेको पनि देखियो।तर यो सिधै चोरी थियो।

यो सब त भयो भयो, त्येसको दुईतिन दिन पछि मेरो फोटो नै जोया भनेर प्रयोग गर्न थालियो।

कस्तो अचम्म!
अवाक र दिक्क पनि लाग्यो एक्छिन त।तर एक प्रकारले नेपालीहरुले जोया भाउजू प्रती देखाएको माया देखेर खुशी समेत लाग्यो।किनकि जोया फिलिपिनी नागरिक म नेपाली नागरिक हुं।तर जोया संग तुलना गरिएको भन्दा मलाई मेरो परिचय फेरिएकोमा चिन्ता लागेकोले  यो लेख लेख्न बाध्य भएको हु।किन म नेपालमा जन्मिएको हुं र नेपाली हुनुमा नै गर्व ठान्छु।

यसैले सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी सबैलाई भन्न चाहेको के भने फोटो जोयाको नभै मेरो फोटो हो।र पेजहरु कृपया कसैको फोटो नचिनीकन नजानिकन र नबुझिकन जोया बनाएर भनेर पोस्ट नगरिदिनु होला।यो अपराध हो। र साईबर क्राईम अनुसारको जधन्य अपराध पनि हो। र अपराध प्रमाणित भए कानुनत कार्वाही हुन्छ।

हो जोया प्रती मेरो पनि सहानुभूति छ।उसको दु:खले मेरो पनि मन दुखेको छ।तर समाजिक संन्जालमा जोया भनेर मेरो फोटो कसले दियो? कुन आसयले दियो?

हामी नेपाली धेरै सोझो र कमलो स्वभावको छौँ।जो कसैले दु:ख देखाएमा हामी पनि दु:खि हुन्छौं।त्येसैले आज जोयाप्रती सम्पुर्ण नेपाली मन एक भएर जोया प्रती सहानुभूति देखाउँनु भयो।एक प्रकारले सामाजिक संन्जाल फेसबुकले पनि यतिधेरै चर्चामा आएको हो जोया प्रकरण।

आज सामाजिक संन्जाल फेसबुक संन्चार र प्रबिधिको महत्त्वपूर्ण स्थान भएको छ।जहाँ हरेक क्षेत्रका हरेक बिसयका समाचार हरेक ब्यक्तिहरुको विशेष समचारहरु र यो संसारमा  हरेकको लागि सजिलो संन्चार माध्यम बनेको छ।

कुनैपनी राम्रो संस्कार र शिक्षा पाएको ब्यक्तिले अरुप्रती नराम्रो व्यबहार गर्दैनन्।सभ्य सालिनता बोली बचन आदर सत्कारले कुनैपनि ब्यक्तिको घरको संस्कारको परिचय दिन्छ। जथाभावी मुख छोड्नु अरुलाई सजिलैसँग नराम्रो व्यबहार गर्ने बानी भएका ब्यक्तिहरुले आफ्नो गलत परिचय आफैले दिईरहेको हुन्छ।

किनकि म नेपाली हुं।मेरो पनि  सामाजिक जीवन छ।बाबुआमा आफन्त घरपरिवार छोराछोरी दिदिबहिनी छन्।यसरी नचिनीकनै मेरो फोटोको दुरुपयोग या प्रयोग  गर्न त मिल्दैन।यदि चेतनशिल र नैतिकता र आफ्नो आमा दिदिबहिनीको सम्मान गर्ने कुनै पनि ब्यक्तिले यसरी अरुको निजि कुराहरुको प्रयोग गर्दैन कानुनत यो एक किसिमको अपराध हो।

हो फोटो जोया भाउजु भनेर सहानुभूति र मायां गरेर कमेन्ट र लाईक आईरहेका छन् । तर जसलाई सम्पुर्ण नेपालीले जोया भनेर माया र सहानुभूति दिईरहनु भएको छ त्यो जोयाको तस्वीर नै होईन।यसबाट के प्रष्ट हुन्छ भने फेसबुकमा पोस्ट हुने ७०% समाचार हरु  कपि गरिएको हुन्छ।कुन घटना कहाँ कसरि घटेको हुन्छ भनेर आवश्यक जानकारी नलिईकनै अरु कुनै पेजहरुबाट कपि गरेर आफ्नो पेजमा पोस्ट गरिन्छ।यो एक प्रकारको सामाजिक संन्जालको दुरुपयोग वा पेजलाई अपडेट गरिने माध्यम मात्रै हो।

यहि कारण फेसबुकमा च्याउ जस्तै खुलाईएका पेजहरु द्वारा लेखिएका समचारहरु र फोटोहरु सबै सहि र सत्य साँचो हुन भनेर बिश्वास नगरौं।किन कि कुनै कुनै पेजहरु अरुको चरित्र हत्या गर्न समेत खुलाईएको हुन्छ।कसैको रिसईबिको बदला लिन समेत प्रयोग गरिएको हुन्छ।हामी नेपाली सारै सोझो र इमानदार छौं हरेक कुराहरु सजिलैसँग बिश्वास गर्ने गर्दछौं। तर सबै कुराहरू सत्य र सहि हुँदैनन।

हरेक घरमा आमा छोरी दिदिबहिनी हुन्छन्।उनिहरुको अस्मिता र सम्मान गर्नु हरेक सचेत इमानदार श्रीमान्/छोरा/ दाजुभाइ /साथिभाई हरुको कर्तब्य हो।त्येसैले पनि आफ्ना दिदिबहिनी छोरीलाई कसैले बदनाम गराउन वा नचिनेर गलत रुपमा प्रयोग गर्दछ भने हामिले यस्ता गलत कार्यहरु सक्दो रोक्ने प्रयास गर्नु पर्दछ।आजको युगमा सहि गलत छुट्याउनु सक्नु पर्दछ हामिले।यो आजको युगको माग पनि हो।।

र अन्तमा :

आजको एक्काइसौं सताब्दिमा हामी चेतनशिल र सभ्य बौद्धिक मार्गमा हिड्न सक्नु पर्दछ।हाम्रो नेपाली समाजमा उसै त छोरी आमाहरुलाई विभिन्न रुपमा हिंसा गरिन्छ।यसका कारणहरु समाजमा रहेका विभिन्न कुरिती र बिकृतिहरु हुन्छन्।कसैको चरित्र हत्या गर्न जथाभावी अस्लिल कुराहरु लेखिने र फोटो हरुको दुरुपयोग गरिने गरिदा कसैको जिन्दगी बर्वाद भएका छन।यहाँ सम्मकी कसैले आत्महत्या गरेका छन भने  कसैले नगरेको गल्तीको कारण जिन्दगी भर पिडित भएर बस्न बाध्य हुन्छन्।त्येसैले जस्तोसुकै अपत्यारिला समाचारहरुको नबुझिकन बिश्वास गरिहाल्नु हुँदैन।हामी नै हाम्रो समाजमा सदस्य हौं।त्येसैले समाजमा भएका बिकृती र बिसंगती हरुलाई हटाउँदै एक सभ्य र चेतनशिल नागरिकको परिचय बनाउन सक्नु पर्दछ। यहि आजको युगको आवस्यकता हो।

धन्यवाद
————
जुनु राना

बागलुङ नेपाल।

जुनुको अनुमतिबिना सामाजिक सञ्जालमा भाईरल भएको तस्बिरहरु

20160821_16430920160821_164126