14088410_959616860826863_2808118479570418711_n

अनोज रोक्का
राजु लामा, आशिष राना (लाहुरे) र ईन्दिरा जोशीको धमाकेधार प्रस्तुतीमा हङ्कङेली दर्शकहरुले खुलेर मनोरञ्जन लिए ।

आईतबार विदाको दिन पारेर चिम सा चेई स्थित कम्युनिटी हलमा आयोजना गरिएको “जोर्डन नाईट २०१६” मा हरियो रङ्को ढाकाबाट निर्मित गाउँनमा सजिएकी ईन्दिराले बेली डान्ससँगै ‘बेहुली’, ‘सानु माया’, ‘उधे्रको चोली’ लगायत गित गाउँदा दर्शकहरुले पनि आफुलाई थाम्न सकेका थिएनन् ।

14045625_959617400826809_8934520469835796535_n

मध्य भागमा स्टेजमा देखा परेका लाहुरे (आशिष राना) को क्रेज पनि गजबको थियो, लगातार हिपपप र ¥याप मार्फत उनले पनि युवा युवतीलाई स्टेजसम्म आउँन बाध्य बनाए ।

14064157_959617757493440_2649668270466952528_n

लगातार आधा दर्जन बढि गित गाएर पनि थाकेनन् राजु लामा । आफ्नो ब्याण्ड मंगोलियन हार्टसँगै स्टेजमा देखिएका राजुको हरेक गितमा दर्शकहरुको वान्स मोर गुन्जिएको थियो ।

जोर्डन क्लब हङ्कङले आयोजना गरेको उक्त कार्यक्रमलाई प्रत्येक बर्ष निरन्तरता दिने अध्यक्ष सुवास गुरुङ् बताउँछन् । राष्ट्रिय कलाकारहरुसँगै स्थानीय कलाकारको पनि प्रस्तुती रहेको कार्यक्रमलाई कल्पना गुरुङले सञ्चालन गरेकी थिईन ।
तस्बिर ः मज्जाको राई  

ब्लाक पिग प्रडक्सन, हङ्कङ

14117675_959616517493564_9019172539784048669_n14102464_959617360826813_5752642477756183563_n14047162_959616957493520_3624261177212214180_o 14053890_959617280826821_1523854007654901894_o