full

अनोजमज्जाको  राई 
क्यान्सर पिडितहरुको सहयोगार्थ हङ्कङ सुमधुर सांगितीक सौगात २०१६ हुने भएको छ ।

कार्यक्रममा चर्चित नायीका प्रियंका कार्की, चर्चित गायीका मेलिना राई, प्रथम नेपाल आईडियल बादल लिम्बु र हास्य कलाकार नीर आलेको प्रस्तुती रहने छ ।

कार्यक्रमबाट संकलन भएको रकम क्यान्सर पिडितहरुको सहयोगार्थ प्रदान गरिने आयोजक नन्द चङसु बताउँछन् भन्छन्– “आर्थिक अवस्थाको कारणले क्यान्सर जस्तो प्राणघातक रोगबाट धेरैले जीवन गुमाउँनु परेको छ । हामी प्रवासमा छौ, हाम्रो सानो सहयोग उहाँहरुको लागि सहायता हुन्छ भने किन नगर्ने ?”

चाँगे धर्तीमाता कोष संस्था र हंग्री आई रेस्टुरेन्ट एन्ड बारको सहकार्यमा आयोजित कार्यक्रम हङ्कङ स्थित यउमाते कम्युनिटी हलमा सेप्टेम्बर १८ तारिकका दिन प्रर्दशन हुनेछ ।

मनोरञ्जनसँगै बिशुद्ध सामाजीक सेवाभावको कार्यक्रम भएको हुँदा सवैलाई सहभागी हुन आयोजकको विशेष आग्रह रहेको छ ।