14191513_1062990387102440_1046098755_o

अनोज रोक्का

हङ्कङ, १ सेप्टेम्बर २०१६, नेपाली साङ्गितीक आकाशमा भिम लिम्वु नयाँ नाम हैन, निरन्तर दशक लामो यात्रा छ उनको ।

पूर्वेली भाका, आधुनिक र लोकपपमा आफुलाई चिनाएका भिमको ‘मिम्जिमा’ एल्बममा रहेको ‘यो मुटुमा’ गितको भिडियो सार्वजनिक भएको छ । “प्रेम गर्न सजिलो छैन, वरपर सर्वत्र छन् प्रेमलाई जलाउँनेहरु” यहि थिममा आधारित भिडियोले अहिले दर्शकहरुको मन जितिरहेको छ ।

चर्चित निर्देशक युगम पोमो लिम्वुले भिडियोलाई सजिवता दिनका लागि विभिन्न प्रयोग गरेका छन् । सुमधुर स्वरले जसरी वियोगको कथा बोल्छ भिडियोमा प्रस्तुत चरित्र र परिघटनाहरुले पाँच मिनेटको गितमा एउटा सिङो जीवन प्रस्तुत गरेको छ ।

महेश बाबु, सदिक्षा र सुजितको प्रखर अभिनय कला रहेको भिडियोलाई उत्सव ढकालले खिचेका हुन् भने निशान्त घिमिरेले सम्पादन गरेका छन् ।

गितमा किरण घिमिरेको शब्द, कल्याण सिंहको संगित रहेको छ ।

भिडियो हेर्नका लागि तलको लिकंमा क्लिक गर्नुहोस् । 

14233500_1062990400435772_1714055759_o 14233788_1062990420435770_1253557060_o