बर्सेनि लाखौं नेपाली युवा रोजगारीको सिलसिलामा खाडीका ओमन, साउदी, कतार, बहराइन, कुवेत लगाएत देश जाने गर्छन् । पछिल्लो समय युवाहरूको पहिलो आकर्षणको केन्द्र बनेको छ युएई । सिक्युरिटी गार्ड , होटेल ,मार्केट लगाएतका विभिन्न छेत्रमा युवाहरु आउने क्रममा बढदो छ । सोही क्रममा रोजगारीका लागी युएई आएका कृष्णकुमार श्रेष्ठसँग पत्रकार किशोर श्रेष्ठले गरेको कुराकानीको अंश ।

१. तपाईको घर कता र ?
 मेरो घर पुर्बि मोरङ्को उर्लाबारी ( ७ मङ्गलबारे हो ।

२. युएई आउनु भएको कति भयो ?
यहाँ आएको सात बर्ष पूरा भयो । त्यसबेला म बिराटनगरको मोडल कलेजमा अध्यापन गराउथे । ब्रेकको समयमा पत्रिका पढ्दै गर्दा सेल्समेनको माग गरेको देखे र अन्तरबार्ता दिएर आएको हु ।

३. के काम गर्नुहुन्छ ?
 बिनहेन्दी कम्पनीको सुपर लक्जुरी फ्यासन ब्रान्डमा फ्यासन सुपर भाईजरको काम गर्छु ।

४. कहिले नेपाल फर्कनु हुन्छ ?
 सधैका लागी जाने सोच बनाएको छैन् । देशमा रोजगार पाउन मुस्किल छ । पाएपनि केही गर्दा पनि यहाँको जति कमाई गर्न सकिदैन । प्रायः दसौं तिहारमा म नेपाल जाने गर्छु । यसपालि पनि परिवारसंगै मनाउने योजना बनाकोले अर्को महिना घर जादै छु ।

५. मार्सिक तलब कति हुन्छ ?
छोरी मान्छेको उमेर र छोरा मान्छेको कमाई न भन्नू भन्छन् । राम्रै छ । नेपालमा रहेका उच्चपदस्थको हाराहारीमा हुन्छ ।

६.गाउँ घरको याद कति आउछ ?
युएई आएको सुरुका दिनमा घर परिवार अनि साथीहरूको असाध्यै याद आउथ्यो । अहिले यहाँ बस्ने बानी भएर होला ठिकै आउछ । घरको भन्दा पनि साथीहरूको असाध्यै याद आउँछ जोसँग  मेरा बालापन गुज्रे ।

७. घरमा कत्तिको कुरा हुन्छ ?
फेसबुक, ईमो लगाएतका ईमेल ईन्टरनेट मार्फत दैनिक जसो कुरा हुन्छ । प्रबिधिको बिकाससङ्गै बिश्व एउटा सानो घरमा रुपान्तरण भएको छ कुरा गर्नु कुनै समस्या छैन्।

८. बिदामा के गर्नुहुन्छ ?
प्रायः जसो साथीहरुसग मिलेर फिल्म हेर्न जान्छु । कहिलेकाही नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा सहभागी हुने गर्छु । अन्य बाकी रहेको समय सधैं जसो घरमा कुरा गरेर बिताउने गर्छु ।

९. साथीभाइ भेट्दा कस्तो हुन्छ  ?
एकदमै खुशी लाग्छ । म युएई स्थित दुबईको सेन्टरमा बस्छु त्यसैले साथीभाइ भेटभैरन्छ । त्यसका अलबा हाम्रो सुनपकुवा सहयोगी हातहरु भन्ने सोसिअल ग्रुप छ । जसको म आफै संयोजक पनि हु त्यसैले पनि भेला बस्नुपर्ने भएकाले धेरै साथीहरू भेट्न पाउछ ।

१०. युएई बस्दाको अनुभव कस्तो छ ?
एकदमै रमाइलो अनुभव छ । मार्केट् लाइनमा काम गर्ने भएकाले पनि धेरै देशका मान्छेहरुसङ्ग भेट्ने मौका पाए । यहाँको बसाई महँगो भएकोले साथीहरूसङ्ग मिलेर बसियो रमाईलो हुन्थ्यो ती दिनहरु ।

११. कहिलेकाहीँ युएई आएकोमा पछुतो लाग्दैन ?
 लाग्दैन । कमाई राम्रै छ घर परिवारलाई खुशी दिन सकेको छु । मध्यम आर्थिक अवस्था भएको बेला नेपालमा बसेर यो सबै दिन सक्दिन थिए होला सायद । अहिले यहि आएर केही कुराहरु जोड्न सकेको छु त्यसैले खुशी नै छु ।

१२. अझै कति बस्ने योजना बनाउनु भएको छ ?
यती नै बस्छु भन्ने त कुनै योजना बनाएको छैन् । अरु ४ बर्ष बस्छु होला । त्यसपछि देशमै बसेर कुनै छेत्रमा लगानी गर्ने सोच छ ।सामाजिक छेत्रमा पनि अझै ससक्त रूपमा लाग्नेछु ।

१३. युएई आउन चाहने युवा युवतीलाई के भन्नुहुन्छ  ?
उच्च शिक्षा हासिल गरेर कम्प्युटरमा दक्ष भएर आउन सुझाउछु । त्यसका अलबा कुनै पनि काममा दक्ष भइ सबैकुरा बुझेर मात्र आउन सल्लाह दिन्छु । काम पाउन गाह्रो भएकोले भिजिट भिजामा न आउनु सुझाव दिन्छु ।

१४. अन्त्यमा ! !
दसौंमा घर आउदै छु । सबैलै सम्झेको छु भन्न चाहन्छु ।