14183842_330255113973930_4721768402247448083_n

अनोज रोक्का
हङकङमा सम्पन्न पहिलो “हङकङ नेपाल स्नुकर च्याम्पियनसीप २०१६” को बिजेता बनेका छन् सुमन गुरुङ् ।

आईतबार जोर्डन केसी सिटी स्नुकर हाउसमा सम्पन्न प्रतियोगितामा ३५ जना खेलाडीहरु पछि पार्दै सुमन गुरुङ्, कुमार घले, दिपेन्द्रबहादुर राना क्रमश पहिलो दोश्रो तेश्रो बनेका हुन् ।

स्पोर्ट क्लव हङ्कङले आयोजना गरेको स्नुकर प्रतियोगिता हङ्कङमा पहिलो पटक गरिएको आयोजक ओम गुरुङ् बताउँछन् भन्छन्– “युवा पुस्तालाई कुलत तथा खराव प्रवृतिका कार्यहरु त्यागी बचेको समय बौद्दिक खेलमा लाग्न उत्प्रेरणा जगाउँने उदेश्यले लागि परेका छौ, सवैजनाले महत्व दिनु भएको छ, स्नुकर खेलप्रति चासो देखाउँनु भएको छ ।

खर्चिलो र घरानिया खेल मानिने स्नुकरको विकासको लागि प्रत्येक बर्ष प्रतियोगितालाई निरन्तरता दिने आयोजकको दावी छ । प्रतियोगितामा प्रथम, द्दितीय र तृतिय हुने खेलाडीलाई उपस्थित अतिथी, प्रमुख अतिथीहरुले क्रमश पाँच, दुई र एकहजार डलरका साथै ट्रफी, प्रमाणपत्र वितरण गरेका थिए ।

सफलतापूर्वक सम्पन्न प्रतियोगितालाई हङ्कङेली युवाद्धय ओम गुरुङ् र कुमार चेम्जोङ्ले आयोजना गरेका हुन् ।

तस्बिर : मज्जाको राई (ब्लाक पिग प्रडक्सन)

14159197_330264653972976_1151817437_n