14080029_710234272463792_4329353824779385143_n

अनोज रोक्का
ङ्कङ ‘एन.आर.एन नाईट– ३’ मा गायक धर्मेन्द्र सेवानले हङ्कङेली दर्शक श्रोताहरुलाई भरपूर मनोरञ्जन दिए ।

आधुनिक लोक गायक खेमराज गुरुङ्लाई श्रद्धाञ्जलीसँगै शुरु भएको कार्यक्रममा सेवानसँगै गायीका बानिका प्रधान, हास्य कलाकार महेन्द्र बगदास, लोकदोहोरी गायक सुरेन्द्र गुरुङ्, दिलकुमारी मोक्तान, अष्ट्रेलियन नेपाली अल्टो ब्याण्डसँगै स्थानीय प्रतिभाहरुको समेत प्रस्तुती रहेको थियो ।

‘रेशम फिरिरि’, ‘तिमीलाई भेट्न आउँछु’, ‘हेर्दा राम्रो माछापुछ्र«े’ लगायत आधा दर्जन गीत मार्फत धर्मेन्द्रले सम्पूर्ण दर्शकहरुलाई नाँच्न बाध्य तुल्याए भने समसामयीक हास्य प्रस्तुती मार्फत महेन्द्र बगदासले पेट मिचिमिची हँसाए । अष्टे«लियन नेपाली ब्याण्ड अल्टोले आफ्नै शैलीको पप आधुनिक गीत प्रस्तुत गरिरहँदा दर्शकहरुले खुलेर साथ दिए भने गायीका बानिकाको सुमधुर स्वरले दर्शकहरुलाई मन्त्रमुग्ध बनायो ।

हङ्कङ स्थित युङ्लुङ् थिएटरमा आयोजित कार्यक्रम ‘एन.आर.एन.ए नाईट– ३’ (गैर आवासीय नेपाली संघ) हङ्कङले आयोजना गरेको हो ।

कार्यक्रम बिगतका बर्षहरुको निरन्तरता भएको अध्यक्ष ललित आङ्बुहाङ् बताउँछन् भन्छन्– “सवैको साथ र सहयोगले कार्यक्रम भब्य र सभ्य भयो सवैलाई ह्रदयबाटै धन्यवाद ।”

तस्बिर : बिक्रम गुरुङ् (ज्याप स्टुडियो)

14088561_710239282463291_1382966339505697166_n 14100290_710238352463384_8116529748726244105_n 14100298_710234279130458_1141236943248041053_n 14141937_710234269130459_7538385270457007018_n 14184292_710238655796687_5311835890069710075_n 14184382_710239395796613_2246496956566471104_n 14199620_710238175796735_6244236989503054002_n 14199645_710238355796717_6504004011535409883_n