एजेन्सी । अमेरिकाको खुफिया एजेन्सी सीआईएका पूर्व अफिसर एडवर्ड स्नोडेनले ओसामाबीन लादेन जिउँदै रहेको दाबी रहेका छन् । लादेन जिउँदै रहेको र उनी अमेरिकी महादिपको केरिबियन क्षेत्रको एक देश बहामासमा हर महिनाको करीब एक लाख डलर खर्च गरेर बसेको बताएका छन् । स्नोडेनले आफूसँग त्यसको प्रमाण रहेकोसमेत दाबी गरे ।

मस्को ट्रिब्यूनका लागि अन्तरवार्ता दिदै उनले सो कुरा बताएका हुन् । अमेरिकाले २०११ मा पाकिस्तानमा लादेनलाई मारेका दाबी गरेपनि उनको लास दुनियाँको सामु लुकाएको उनले बताएका छन् । अमेरिकाले आदेनको लास समुन्द्रमा फ्याँकेको बताएका थिए ।

स्नोडेनले भने, ‘मसँग यो कुराको प्रमाण छ की लादेन सीआईएको पेरोल (कुनै बन्दी व्यक्तिलाई उसको सजायको अवधि पुरा हुनु भन्दा पहिला नै अस्थायी रुपमा रिहा गरिएको अवस्था) मा छन् । उसले हरेक महिना करिब एक लाख अमेरिकी डलर पाउँछ । उनको यो पैसा होटलवालाको नाम मार्फत अकाउण्टमा जम्मा हुन्छ । ”

सीआईएका पूर्व एजेन्ट उनका अनुसार लादेन हाल कहाँ राखिएको छ भन्ने प्रष्ट नभएपनि सन् २०१३ सम्ममा उनी आफ्नो पाँच श्रीमति र कयौं बच्चाका साथ थियो भनि उनले बताएका छन् ।

स्नोडेनले यस भन्दा अघि पनि लादेन जिउँदै रहेको दाबी गरिसकेका छन् । स्नोडेनले दाबी कायम राख्दै सीआईएले दुनियाँसँग झुटो बोलेको बताएका छन् ।

उनले सीआईएले लादेन र उसका परिवारलाई बहामासको कुनै गोप्य स्थानमा राखेको बताएका छन् ।

को हो एडवर्ड स्नोडेन ?

नेसनल सीक्युरिटी एजेन्सीका पूर्व कन्ट्रयाक्टर स्नोडेन २०१३ मा अमेरिकाबाट रुस भागेका थिए । उसले वेस्टन इन्टेलीजेन्स एजेन्सीको १.७ मिलियन गोप्य दस्तावेजहरु चोरी गरि मिडियामा प्रकाशित गरि सकेका छन् ।
उनले जेनेभामा बसेर सीआईएका लागि काम गरिसकेका छन् । अमेरिकाले जासुसी गरेको आरोपमा उनलाई ३० वर्षसम्मको जेल सजाय हुनसक्ने भारतका समाचार संस्था भास्कर डटकमले बताएको छ ।