14468231_557823324415042_212974502953585589_o

अनोज रोक्का
रमाईलो शरद साँझ २०१६ मा कलाकारहरु एपी शेर्पा, कला राई र नीलम ढुङ्गानाले धमाकेदार प्रस्तुती दिएका छन् ।

हङ्कङ नेपाली महासंघद्धारा आयोजित कार्यक्रममा कलाकारहरुले उक्त प्रस्तुती दिएका हुन् । पहिलो पटक हङ्कङ स्टेजमा उत्रिएकी कला राईले आधा दर्जन लोक आधुनिक गित मार्फत दर्शकहरुको मन जितिन । गायक एपी शेर्पाको प्रस्तुतीले पनि दर्शकहरुलाई नाच्न बाँध्य बनायो ।

कार्यक्रमको आकर्षण बनिन नीलम ढुङ्गाना उनले एक खुट्टाको मद्धतले आकर्षक नृत्य प्रस्तुत गर्दा हल ताली र प्रंशसाले गुन्जिएको थियो । नीलमले नौ बर्षअघि एक दुर्घटनामा आफ्नो देब्रे खुट्टा गुमाएकी थिईन ।

महासंघको नियमित कार्यक्रम अन्र्तगत शरद साँझको आयोजना गरेको अध्यक्ष रीता गुरुङ् बताउँछीन ।

तस्विर :जे.पे.टी डटकम

14494604_557823261081715_5318900229110839353_n-copy

14380032_557829204414454_8290854914538742346_o