hqdefault

अक्टोबर १५/ २०१६

नायिका स्वेता खड्काले दशैंको टीका आफ्नो आफन्त र नजिकका साथिभाइसँगै मनाएकी छिन् । उनले दुई वर्षपछि मात्रै दशैंको टिका लगाएकी हुन् ।

श्रीकृष्णको निधनपछि गतवर्ष श्रीकृष्णको आमाको निधन भएकाले स्वेताले लगातार दशैं मनाएकी थिइनन् । यो वर्षको दशैंको पहिलो दुई दिन टीका लगाउन नभएकाले आज उनले माइति घरमा दशैं मनाएकी हुन् । स्वेताले आफ्नो ९३ वर्षका बुवाको हातबाट टीका ग्रहण गरिन् ।

उनले टीका लगाइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै छिट्टै फिल्ममा फर्किने बताइन् । आफ्नो परिवार र साथीभाइको सल्लाहअनुसार फिल्म निर्माण गर्न लागेकी हुन् । यसपछि उनी कलाकार मात्रै नभएर निर्मात्रीका रुपमा पनि उदाउने छिन् ।

उनले निर्माण गर्ने फिल्मको विस्तृत विवरण भने सार्वजनिक गरेकी छैनन् । सो अवसरमा स्वेताले श्रीकृष्णको परिवारसँग पनि सम्बन्ध सुमधुर रहेको बताइन् । उनी हाल आफ्नो वनस्थथली स्थित माइतिघरमा बस्दै आएकी छिन् ।

दुई वर्षपछि स्वेताको मुहारमा खुसी फर्किएको भन्दै परिवारका सदस्य पनि गदगद देखिए । माइतिमा पोहोर साल दशैं मनाएपनि छोरी नभएका कारण रमाइलो नभएको उनले आमाले बताइन् ।

Sources: Online Khaber

actress-shweta-khadka-happy-dashain-photo-6