२९ मे २०१७
नव गायक उज्वल बन्जराको …तिम्ले त भुलिदियौं मेरो चोखो मायालाई … बोलको गीतको म्यूजिक भिडियोको छायांकन पूरा भएको छ ।

गायक तथा संगीतकार समिर विकको शब्द, संगीतको सो गीतमा भविन लामगादे, पर्शुराज आचार्य र निशा इम्बुङले जीवन्त अभिनय गरेका छन् । पूर्वमा रहेर भविन र निशाले आधा दर्जन म्यूजिक भिडियोहरुमा अभिनय गरिसकेका छन् । भविनले मोडलिङमा केही समय ब्रेक गरी पुनः यस क्षेत्रमा आएका हुन् ।

देवराज सिग्देलले खिचेको सो म्यूजिक भिडियो शिरकुमार साम्पाङले निर्देशन गरेका हुन् । गायक बन्जराको यो पहिलो म्यूजिक भिडियो आइतबार र सोमबार धनकुटाको राजारानीमा छायांकन गरिएको हो ।

म्यूजिक भिडियो यही जेठ २० गते सार्वजानिक हुने गायक बन्जराले जानकारी गराए ।